CG Electronics
IME Life
NIMB

ग्रीनवीच होटलका सञ्चालकले फैलाएको भ्रामक सूचनाप्रति समिट होटलको आपत्ति, ९ करोड ६६ लाख क्षतिपूर्ति दिइसकेको दाबी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं — ललितपुरस्थित ग्रीनवीच होटलका सञ्चालकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा गरिएको क्षतिपूर्ति नपाएको दाबीप्रति समिट होटलले गम्भीर आपत्ति जनाएको छ। होटलले उक्त दाबी तथ्यहीन र भ्रामक रहेको भन्दै क्षतिपूर्तिस्वरूपर ९ करोड ६६ लाख रकम भुक्तानी गरिसकिएको जनाएको छ।

समिट होटलले सार्वजनिक गरेको जानकारीअनुसार ग्रीनवीच होटलका सञ्चालकले उक्त रकम बुझेको प्रमाणस्वरूप हस्ताक्षरसहितको रसिदसमेत उपलब्ध रहेको छ। होटलका अनुसार क्षतिपूर्ति रकम बुझिसकेपछि पनि नपाएको दाबी गर्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्नु शंकास्पद देखिएको छ।

होटलले यस विषयमा सम्बन्धित सरकारी निकायलाई जानकारी गराइसकेको जनाएको छ। समिट होटलका अनुसार केही समयअघि ललितपुर महानगरपालिकाले समेत ग्रीनवीच होटलका सञ्चालकसँग प्राप्त रु. ९ करोड ६६ लाख रकम कुन प्रयोजनमा खर्च गरिएको हो भन्नेबारे जानकारी मागेको थियो।

समिट होटलले ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित होटल तथा अपार्टमेन्ट निर्माणको प्रारम्भिक चरणमा २०७९ चैत २५ गते आसपासका सात घरधुरी तथा संधियारलाई पुगेको क्षतिलाई सम्बोधन गर्न सहमतिका आधारमा उचित क्षतिपूर्ति वितरण गरिएको जनाएको छ।

होटलका अनुसार ग्रीनवीच होटलका सञ्चालकले क्षतिपूर्तिवापतको रकम बुझिसकेपछि पनि आफूले कुनै रकम नपाएको दाबी गर्दै आमजनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले तथ्यहीन सूचना प्रवाह गरिरहेका छन्।

‘सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक सामग्री सार्वजनिक गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास भएकाले यसप्रति होटलको गम्भीर ध्यानाकर्षण भएको छ,’ समिट होटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक गरिएका त्यस्ता सामग्रीमा कुनै सत्यता नरहेको स्पष्ट रूपमा खण्डन गर्दछौं।’

समिट होटलले सत्यतथ्यको आधारमा मात्रै सूचना सम्प्रेषण गर्न तथा भ्रमपूर्ण सामग्रीको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।

उत्कृष्ट क्यामेरा प्रविधिसहित जिओमी १७टी नेपाली बजारमा सार्वजनिक

उत्कृष्ट क्यामेरा प्रविधिसहित जिओमी १७टी नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५५

  काठमाडौँ — विश्वव्यापी प्रविधि कम्पनी जिओमीले नेपाली बजारमा आफ्नो...

नेपाल बैंक लिमिटेडको आधिकारिक वेबसाइट अब अपाङ्गतामैत्री

नेपाल बैंक लिमिटेडको आधिकारिक वेबसाइट अब अपाङ्गतामैत्री

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५३

  नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य...

नेपाल बीमा प्राधिकरणद्वारा जोखिममा आधारित पूँजीसम्बन्धी मार्गचित्र र बीमालेख नियमन प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरणद्वारा जोखिममा आधारित पूँजीसम्बन्धी मार्गचित्र...

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:४३

  ललितपुर, २७ जेठ — नेपाल बीमा प्राधिकरणले प्राधिकरणको केन्द्रीय...

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:२७

  काठमाडौँ — नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड...

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:३१

  काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमई डिजिटल कर्जाका लागि रणनीतिक सहकार्य

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमई...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

  नेपालका साना तथा मझौला उद्यमहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा...