NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

एङ्कर र साउन्डकोरद्वारा नेपालमा ‘एङ्कर पावर हङ्गामा– २०२६’ का विजेता घोषणा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालका लागि एङ्कर र साउन्डकोर ब्रान्डको आधिकारिक विक्रेता सेलायसिटी इन्टरनेसनलले ‘एङ्कर पावर हङ्गामा २०२६’ राष्ट्रव्यापी उपभोक्ता अभियानका विजेताहरूको घोषणा गरेको छ। आफ्ना ग्राहकहरूलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने उद्देश्यले आयोजित यस अभियानको अन्तिम विजेता छनोट कार्यक्रम काठमाडौँको हात्तीसारस्थित अरन्य बुटिक होटलमा एक विशेष लकी ड्र समारोहका बीच सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रमुख खुद्रा साझेदार, वितरक, विभिन्न सरोकारवाला तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो।

एङ्कर र साउन्डकोरका चार्जिङ तथा अडियो उत्पादनहरू प्रयोग गरी ब्रान्डप्रति निरन्तर विश्वास देखाउने नेपाली ग्राहकहरूलाई सम्मान गर्न यो अभियान सञ्चालन गरिएको सेलायसिटी इन्टरनेसनल प्रालिका निर्देशक अनमित्राले बताउनुभयो। ग्राहक, खुद्रा साझेदार र वितरकहरूबाट प्राप्त बलियो समर्थनप्रति आभार व्यक्त गर्दै उहाँले यस किसिमका पहलहरूले उपभोक्तासँगको सम्बन्ध बलियो बनाउने, आधिकारिक बजारको विकासमा टेवा पुर्‍याउने र ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई प्रष्ट पारेको उल्लेख गर्नुभयो।

उपभोक्ता केन्द्रित यस खुद्रा अभियान अन्तर्गत सहभागी पसलहरूबाट ३ हजार रुपैयाँ वा सोभन्दा बढी मूल्यका एङ्कर वा साउन्डकोरका सामान खरिद गर्ने ग्राहकहरूलाई लकी ड्र कुपन प्रदान गरिएको थियो। यो अभियान दुई चरणमा सञ्चालन भएको थियो, जस अन्तर्गत पहिलो चरण सन् २०२५ डिसेम्बर १ देखि २०२६ जनवरी ३१ सम्म र दोस्रो चरण सन् २०२६ मार्च १ देखि अप्रिल ३० सम्म चलेको थियो। अभियान अवधिभर अनलाइन सपिङ प्लेटफर्म दराजमार्फत गरिएका खरिदहरूलाई पनि नियमानुसार यस योजनामा समावेश गरिएको थियो, जसले गर्दा देशभरका धेरैभन्दा धेरै ग्राहकहरूले यसमा सहभागिता जनाउने अवसर पाएका थिए।

अतिथि तथा सरोकारवालाहरूको प्रत्यक्ष उपस्थितिमा गरिएको लकी ड्रमार्फत भाग्यशाली कुपन नम्बरहरू घोषणा गरिएको छ भने विजेताहरूलाई आवश्यक प्रमाणीकरण पश्चात् छुट्टै सम्पर्क गरिने कम्पनीले जनाएको छ। यस अभियानको मुख्य बम्पर उपहारका रूपमा एक थान डोङफेङ नामी बक्स कार रहेको छ। यसका साथै दुई थान रोयल इन्फिल्ड हन्टर ३५० बाइक, तीन वटा सुनको सिक्का, दुई जनाका लागि थाइल्याण्ड भ्रमणको अवसर र दुई थान वासिङ मेसिन जस्ता आकर्षक पुरस्कारहरू राखिएका थिए।

यो अभियानले ग्राहकहरूलाई आधिकारिक च्यानलहरूबाट मात्र सामान खरिद गर्न प्रोत्साहित गर्नुका साथै नेपाली बजारमा एङ्कर र साउन्डकोरको उपस्थिति र विश्वसनीयतालाई थप मजबुत बनाएको छ। विश्वकै नम्बर वान मोबाइल चार्जिङ ब्रान्ड एङ्कर र यसकै भगिनी अडियो ब्रान्ड साउन्डकोरले आगामी दिनमा पनि नेपाली उपभोक्ताहरूका लागि भरपर्दो चार्जिङ सोलुसन, नवीन अडियो उत्पादन र यस्तै उत्साहजनक उपभोक्ता अभियानहरू निरन्तर ल्याइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...