NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

NIMB
leapmotornepal (citroen)

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले ‘All New TVS Jupiter BS-VI’ का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ। “Petrolko Tension? अब TVS Jupiter Solution” भन्ने मुख्य सन्देशसहित ल्याइएको यस अभियानले दैनिक यात्रामा हुने पेट्रोल खर्चको चिन्तालाई सम्बोधन गर्दै TVS Jupiter लाई किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।

यस आकर्षक अभियान अन्तर्गत नयाँ TVS Jupiter खरिद गर्ने ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल प्राप्त गर्ने विशेष सुविधा पाउनेछन्, जसले उपभोक्ताको दैनिक यात्रा खर्चलाई निकै कम गर्नेछ। उत्कृष्ट माइलेजका लागि बजारमा स्थापित यस स्कुटरले प्रति लिटर ६० किलोमिटरसम्मको प्रमाणीकृत माइलेज (60 KMPL tested mileage) प्रदान गर्ने भएकाले यो दैनिक कम्युटरहरूका लागि अत्यन्तै आर्थिक साबित भएको छ। आरामदायी राइडिङ अनुभव, स्टाइलिस लुक्स र आधुनिक BS-VI इन्जिन प्रविधिका कारण यो स्कुटर नेपाली परिवार र कार्यालय जाने यात्रुहरूको पहिलो रोजाइ बन्दै आएको छ।

ग्राहकहरूको आर्थिक सहजता र स्वामित्वलाई मध्यनजर गर्दै कम्पनीले नेपालकै लास्टै कम किस्तामा फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। जसअनुसार अब ग्राहकहरूले मात्र २,८९९ रुपैयाँ प्रति महिनाको प्रारम्भिक EMI मा यो स्कुटर सहजै खरिद गर्न सक्नेछन्।

अभियानको उद्देश्य र सान्दर्भिकतामाथि प्रकाश पार्दै जगदम्बा मोटर्सका उपाध्यक्ष श्री दीपक रौनियारले भन्नुभयो, “जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यावहारिक र मूल्यवान मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ। अहिलेको समयमा पेट्रोल खर्च धेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनिरहेको अवस्थामा TVS Jupiter ले आफ्नो उत्कृष्ट माइलेज, आरामदायी अनुभव र सहज फाइनान्सिङ सुविधामार्फत ग्राहकलाई अझ बढी राहत र विश्वास दिनेछ।”

किफायती माइलेज, सहज चलाउने अनुभव, विशेष अफर र लाइफटाइम वारेन्टी जस्ता विशेषताहरूले गर्दा TVS Jupiter दैनिक यात्राको सबैभन्दा भरपर्दो साथी बन्ने निश्चित छ। सीमित अवधिका लागि मात्र लागू गरिएको यो विशेष अफर नेपालभरका आधिकारिक TVS शोरुमहरूमा उपलब्ध भइसकेको छ।

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...