CG Electronics
IME Life
NIMB

यी एक दर्जन बैक जसले गाडी किन्न दिए यस्ता अफरै-अफर,यस्तो छ नालीबेली

NIMB
Himalayan Bank


काठमाडौं, ११ भदौं । मंगलबारबाट राजधानीको भृकुटी मण्डपमा शुरु भएको सवारी साधनको कुम्भ मेलामा तपाईं आफूले चाहेको सवारी साधन छानी-छानी किन्न पाउनुहुन्छ ।

त्यसका लागि तपाईंलाई पैसाको आवश्यकता त पर्ने नै भयो । सवारी साधन किन्न एकैपटक सबै पैसा कम्पनीलाई बुझाउन कठिन हुन्छ । आकर्षक ब्याजदरमा तपाईंलाई पैसा दिनकै लागि नाडा अटो शो मा १२ वटा बैंकहरुले स्टल राखेका छन् ।

बैंकबाट ऋण लिँदा एक/दुई महिनामै हुने बेस रेट (आधार मूल्य)मा आउने परिवर्तनले तपाईंलाई चिन्तित बनाउन सक्छ । तर तपाई यस्तो चिन्ता नलिनुहोस् ।

किनभने नाडा अटो शो चल्ने अवधि अर्थात १५ गतेसम्म सवारीसाधन लिएको खण्डमा लक्ष्मी बैंकले तपाईंलाई १०.५० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । जसका लागि ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ ।

यो विद्युतीय सवारीका लागि हो । र, ३ वर्षसम्म ब्याजदर परिवर्तन गर्ने छैन । ३ वर्षसम्म बैंकको आधारदर बढे वा घटेपनि उक्त ब्याजदरमा कुनै परिवर्तन नगर्ने बैंकले प्रतिबद्धता जनाएको छ । यसपछि भने बैंकको आधारदर र बजारमा चलेको ब्याजदर अनुसार नै कर्जाको नयाँ ब्याजदर निर्धारण गर्ने जनाइएको छ ।

बैंकले पेट्रोल कारका लागि ११.५० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जनाएको छ । यसले गर्दा ऋण लिनेहरुको लागि निकै सहज हुने भएको छ । ३ वर्षसम्म ब्याजदरमा कुनै परिवर्तन स्टलमा रहेका बैंकले जनाएको छ ।

त्यसैगरी, माच्छापुच्छे बैंकले १ वर्षसम्म १०.९९ प्रतिशत मात्रै ब्याज लिने भएको छ । यसमा ०.५० प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ ।

यसले गर्दा ऋण लिनेहरुको लागि निकै सहज हुने भएको छ । १ वर्षसम्म ब्याजदरमा कुनै परिवर्तन स्टलमा रहेका बैंकका प्रतिनिधिहरुले बताएका छन् ।

यस्तै सांग्रिला बैंकबाट ऋण लिन चाहनेले भने बैंकसम्म पुग्नु नपर्ने भएको छ । त्यसको लागि आवश्यक कागजात पुरा गरेर पेश गरेपछि बैंकले भोलिपल्ट बैंकले कागजी प्रकृया पुरा गरेर स्टलमा नै ल्याईदिने व्यवस्था गरेको छ ।

यसले गर्दा बैंकसम्म पुग्नको लागि समय बच्ने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ११.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ । यसका लागि बैंकले ०.७५ प्रतिशत प्रोसेसिङ चार्ज लिने जानकारी दिएको छ ।

यस्तै एभरेष्ट बैंकबाट अटो लोन लिदाँ ५० लाख रुपैयाँभन्दा कम कर्जा लिनेका लागि १ प्रतिशत प्रोसेसिङ शुल्क लाग्नेछ भने ५० लाख रुपैयाँभन्दा बढीको कर्जा लिनेका लागि ०.५० प्रतिशत शुल्क प्रोसेसिङका लागि लाग्ने छ ।

बैंकले ९.६६ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउने बताएको छ । बैंकबाट लोन लिदाँ सेवाग्राहीहरुले अन्य बैंकको को लागि सुविधा रहेको छ ।

र त्यो सूविधा भनेको बैंकमा पहिला नै खाता रहेको सेवाग्राहीले प्रोसेशिङ शुल्कमा ०.२५ प्रतिशत सहुलियत पाउने छन् । बैंकमा नयाँ खाता हुनेहरुको लागि यो व्यवस्था नरहेको बैंकले जनाएको छ । उनीहरुको लागि १ प्रतिशत सेवा शुल्क लाग्ने छ ।

यो शुल्क भने ५० लाख भन्दा कम वा बढी दुवैको लागि हो । त्यसैगरी, एनआईसी एशिया बैंकले पनि थोरै समयको लागि मात्र योजना ल्याएको छ । बैंकबाट सवारी कर्जा लिँदा इलेक्ट्रिक सवारीका लागि ९.५९ प्रतिशत र पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याजदर लिनेछ । बैंकले प्रोसेसिङ चार्जका लागि ०.७५ प्रतिशत शुल्क लिनेछ ।

तर नाडा शो सकिएपछि पनि उक्त योजना एक महिना सञ्चालनमा रहने बैंकले जनाएको छ । एक महिना अवधिसम्म अटो लिन दिँदा उक्त ब्याजदर तथा शुल्कमा नै ऋण पाउने सकिने छ । यस्तै जनता र ग्लोबल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा लोन उपलब्ध गराउनेछ । प्रोसेसिङ चार्जका रुपमा ०.९९ प्रतिशत शुल्क लिनेछ ।

नाडा शोको अवधिभर आवश्यक कागजात लिएर आउने सेवाग्राहीहरुले भने मेला अवधिभर कुनै पनि कम्पनीसँग आबद्ध भएर आवश्यक कागजात लिएर आएको खण्डमा स्टलबाट नै अटो लोनको प्रकृया सुरु गरिदिने बैंकका प्रतिनिधिहरुले बताएका छन् ।

सानिमा बैंकले भने पहिला नै खाता भएका सेवाग्राहीलाई स्टलबाट नै आवश्यक अटो लोनको प्रकृया सुरु गरिदिने जनाएको छ ।

बैंकका नयाँ सेवाग्राहीहरुले भने यसको लागि आफूलाई पायक पर्ने शाखामा जानु पर्ने छ । बैंकले मेला अवधिभरका लागि १०.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने बताएको छ । उक्त ब्याजदर बैंकको आधारदर परिवर्तनहुँदा सोहि अनुसार नै परिपर्तन गरिने बैंकका प्रतिनिधिहरुले बताएका छन् ।

बैंकले अटो लोन दिँदा ०.७५ प्रतिशत प्रोसेसिङ चार्ज लिने छ । राष्ट्र बैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेसँगै सबै बैंकले २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्ने जनाएका छन् ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...