CG Electronics
IME Life
NIMB

मध्यराति धरान र इटहरीका स्कुलमा विप्लब माओबादीले बम पड्कायो,के-के भयो ?

NIMB
Himalayan Bank


काठमाडौं,२० भदौं । सुनसरीको धरान र इटहरीका दुई विद्यालयमा नेक्रबिक्रम चन्द विप्लव समुहले बम विष्फोट गराएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको दिल्ली पव्लिक स्कुलको उत्तर तर्फको मुख्य गेटमा कुुकर बम विस्फोट गराएको छ ।

विष्फोटबाट विद्यालयको गेटमा सामान्य क्षति पुगेको छ । गएराति १२ बजे ठुलो आवाजका साथ विस्फोट भएको आसपासका बासिन्दाले बताएका छन् ।

बम विस्फोटको ठुलो आवाजले आसपासका भवनका झ्यालका सिसाहरु समेत फुटेका छन् । विहान घटना स्थल आसपासमा प्रहरीले खोज तलास गर्दा प्रेसर कुकरका केही टुक्राहरु फेला पारेको छ । धरानमा भएको घटनाको अनुसन्धान तथा खोजी तिब्र पारिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

यसैगरी इटहरीको सुष्मा गोदावरी कलेजको गेटमा पनि बम विष्फोट गराएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी तथा प्रवक्ता विनोद शर्माका अनुसार मध्यराती करिब साढे १२ बजेनै दुवै स्थानमा विष्फोट भएको हो ।

‘राती १२ बजेतिर एकै समयमा दुवै स्थानमा विष्फोट भएको थियो, ठुलो क्षति दुवै स्थानमा नभएको उनले बताए । ‘ठुलो क्षति केही छैन, तर्सासाउने नियतले विष्फोट गराएको हो,’डिएसपी शर्माले भने ।

उनका अनुसार विद्यालयहरुमा चन्दा माग गरेको तर नदिएपछि तर्साउने नियतले विष्फोट गराएको हो । घटनाबारे छानबिन शुरु गरिसकेको उनले बताए । ‘चन्दा नदिएपछि तर्साउनको लागि विष्फोट गराएको हो, छानबिन गर्दैछौं ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...