CG Electronics
IME Life
NIMB

शेयर बजारमा छोटेलाल रौनियारको छलाङ ……

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

छोटेलाल रौनियार
अध्यक्ष नेपाल इन्भेष्टर्स फोरम


नेपाली पूँजीबारको क्षेत्रमा छोटेलाल रौनियार चीर परिचित नाम हो । जीवनका साढे दशक उमेर व्यतित गरिसकेका उनी सफल लगानीकर्ताका रुपमा चिनिन्छन् । काठमाडौंको मखनमा जन्मिएका उनी ५ दाजुभाईमध्येका कान्छा । पिता स्व.सिवनन्दन र माता स्व.मोतीदेवीको कोखबाट । त्यही कारण हो शिक्षकले उनको नाम छोटेलाल जुराइदिएका । नेपाली शेयर बजारको विकासमा भने उनको योगदान ठूलो छ । पितापूर्खाले गरिआएको पेशा थियो कपडाको व्यापार । सानैदेखि अलि उनी भिन्न सोच र स्वभावका रौनियारले परम्परागत कपडा पसललाई छोडेर गार्मेन्ट उद्योगमा होमिए । उत्पादनसँगै निर्याततर्फ लागे । तर जीवको गति सधै एउटै लयमा कहाँ बग्छ र ? त्यही गार्मेन्ट कारखाना बन्द भएपछि उनको जीवन यूर्टन भयो । अर्थात उनकै शव्दमा शुरु भयो जीवनको दोस्रो इनिङ्ग । १५ बर्षकै उमेरमा एसएलसी पार लगाए जुद्धोदयबाट दोश्रो श्रेणीमा । उनी म्यानेजम्यान्टको विद्यार्थी बन्न पुगे । पब्लिक युथ क्याम्पसबाट आइकम,शंकरदेवबाट बि कम पार लगाए । यहीबीचमा सरकारले चलायो गाउँ फर्क अभियान । जतिखेर उनी मास्टर्सका गर्दै थिए त्रिविविबाट । यहीबीचमा पीताजी रहनुभएन् । ३४ सालमा जब पिताजीले छाडेर जानुभयो । १३ दिने काज कर्म सकिएलगतै दिदीले केही रकम हातमा थमाइदिनुभयो । अब त्यो रकम कहाँ खर्च गर्ने ? व्यवस्थानपनका विद्यार्थी न परे । त्यो माथि सानैदेखि अरुलेभन्दा अलि पृथक केही काम गर्नुपर्दछ भन्ने स्वभावका । यही बानी र स्वभावले उनी पिताहरुको बीडो छोडेर फरक पेशा र व्यवसाय रोज्न पुगे । त्यो थियो गार्मेन्ट उद्योग । उनको लक्ष्य थिया देशविदेश घुम्नु र ज्ञान बटुल्नु । एकै ठाउँमा जमेर उनलाई कुवाको भ्यागुतो हुनु थिएन् ।


गार्मेन्ट उद्योगमा राम्रै जमिरहेका थिए छोटेलाल । उनले सम्झौता गरेनन् गुणस्तरमा । त्यही कारण उनको गार्मेन्टबाट उत्पादित कपडाहरुको अर्डर जापान,अमेरिकाजस्ता मुलुकहरुबाट आउन थाल्यो । ०३४ सालमा गार्मेन्ट पसल खोलेका उनले ४ बर्षको बीचमा फ्याक्टी खोले ।
जीवनको गति सलल बगिरहेको थियो । गार्मेन्ट उद्योगबाटै छोटेलालको पहिचान बदलिएको थियो । उनको कम्पनीमा झण्डै ५ सय हाराहारीमा मजदुरहरु कार्यरत थिए तिनताक ।


देशमा भएको राजनीतिक परिवर्तनसँगै उनको गार्मेन्ट उद्योग पनि संकटमा पर्न थाल्यो । जुन समयमा माओवादी शसस्त्र विद्रोह छाडेर राजनीतिमा होमियो । पहिलो संविधानसभाको निर्वाचन जितेर आएसँगै माओवादीका अनेक युनियनहरु खुल्न थाले । प्रचण्ड र वैद्यको खेमाहरु खुले उनको फ्याक्ट्रीमा पनि । त्यही दुई युनियनबीच लफडा निस्कन थाल्यो । कर्मचारीहरु नै आपसमा झगडा गर्न थालेपछि अर्डर आएको ठाउँमा समयमा सामान पुग्न सकेन् । गुणस्तरीय सामान उत्पादन गर्दा गर्दाै देश विदेशमा माग हुँदाहुँदै पनि उनको उद्योगमा कहिले माओवादी निकट कर्मचारीहरुको तालावन्दी,कहिले कर्मचारीहरुकै कुटाकुटका कारण विस्तारै उनको उद्योग धरायसी हुन थाल्यो ।
र उद्योग बन्द भएको झण्डै १४ बर्ष व्यतित भइसकेको छ ।


छोटेलालको दोश्रो इनिङ


कल्पना गरौं एउटा करोडौं लगानीमा सञ्चालित,झण्डै ५ सय श्रमिक कार्यरत उद्योगमा ताला ठोक्नु पर्दा छोटेलालको हालत कस्तो भयो होला ?
सम्हालिन कति कठिन भयो होला उनलाई ? तपाई हामी कल्पना गर्न पनि सक्दैनौं ।
देशको राजनीतिक परिस्थितीले एउटा उचाईबाट झरेर सडकमा पु्गेका पात्र हुन छोटेलाल । छोरी लण्डनमा थिईन् । केही समय मन भुलाउन उनी पत्नीसहित लण्डन पुगे । उनी २ महिना त्यता व्यतित गरेर स्वदेश फर्किए ।
गर्ने के ? जाने कहाँ ? केही फुरिरहेको थिएन दिमागमा । हरेक बिहान मर्निङ वाकमा । त्यहाँ भेटिन्थे उनीसँगै गार्मेन्ट उद्योगका सहयात्री । ती शेयर बजारमा प्रवेश गरिसकेका । जतिखेर गार्मेन्ट उद्योग चलिरहेको थियो त्यही समयमा केही कम्पनीका शेयर खरिद गरेका थिए उनले । शेयरको भ्यालु राम्रै भइरहेको थियो । र बाबुराम भट्टराई अर्थमन्त्री थिए त्यतिबेला । उनले अहिलेका अर्थमन्त्रीको झैं उनको पनि शेयर बजारप्रति नकरात्मक दृष्टिकोण थियो । एक पटक शेयर बजारलाई जुवाको घरको संज्ञा थिए ।
नेताहरुको शेयरबजारप्रतिको दृष्टिकोण र अभिव्यक्तिले शेयर बजारमा कसरी उलटपुलट आउँछ भन्ने एउटा उदाहरण हो यो । त्यतिबेला ११७५ को बिन्दुमा पुगेको शेयर ३५० को बिन्दुसम्म पुग्यो झरेर ।
यस्तो समयमा शेयर बजारमा छिरेका थिए उनी । शेयर बजारको बारेमा अर्थशास्त्रको पुस्तकहरुमा त पढेका थिए तर कसरी सेकेण्डरी मार्केटमा शेयर कसरी खरिद गर्ने जानकारी थिएन । केही साथीहरुका सहयोगमा शेयर खरिद त गरे । तर शेयर बजार झन झन ओरालो लाग्दै गयो ।
उनले शेयर बजारमा प्रवेश गर्दा २५० कित्ता शेयर खरिद गरे सिद्धार्थ बैंकको ।
करिब आठ महिना लण्डनको बसाई सकेर उनको जीवन संगीनि स्वदेश फर्कदा उनी लाखौं लगानी सहित शेयर बजारमा छिरिसकेका थिए । र उनको लगानी गरेको शेयर बजार निरन्तर ओरालो लाग्दै थियो । २८ बर्षसम्म गार्मेन्ट उद्योगमा साथ दिएकी श्रीमतीसँग सल्लाह गरे ।
जसरी मलाई हिजो गार्मेन्ट उद्योगीका रुपमा देशदेखि विदेशकाले चिन्थे त्यसैगरी शेयर बजारमा म पनि चिनिन चाहन्छु । मलाई तिम्रो साथको खाँचो छ ।
त्यसैले त भन्छन नि एउटा पुरुषको सफलताको पछि महिलाको हात हुन्छ भनेर । तर शेयर बजारमा क्रियटिभ काम केही हुन्नथ्यो गार्मेन्ट उद्योगमा जस्तो । शेयर बजारमा दिमाग लगायो,शेयर किन्यो,बेच्यो ।
शेयर बजारमा लागेको यो दश बर्षको समयमा छोटेलालको पहिचान बदलियो । उनी जहाँ काम गर्छन त्यहाँ दिल दिमाग दुबै लगाएर काम गर्छन् । त्यही कारण त एउटा उचाईबाट खसेर भुँईमा पुगेका उनको पहिचान फेरि त्यहाँबाट अठेर अहिले अर्काे उचाईमा पुगेका छ । शेयर बजारको क्षेत्रमा शुन्यबाट प्रवेश गरेका उनी यो अवधिमा नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षको जिम्मेवारीमा पुगेका छन् । र शेयर बजारबाटै उनको जीवन अहिले कायापलट पनि भएको छ ।
उनी शेयर खरिद गर्दा बलियो कम्पनी हेर्न लगानीकर्ताहरुलाई सल्लाह दिन्छन् । त्यही कम्पनीको कमाई बलियो हुने भएकोले लगानीकर्ताहरुलाई डिभिडेन्ट,बोनस बढी दिने भएकाले त्यस्तो कम्पनी हेर्न सुझाउँछन् । नेटवर्थ बढी भएको, खराब सम्पत्ति कम रहेको कम्पनीमा लगानी गर्नु उपयुक्त हुने उनको सुझाउ छ । विशेष गरेर लगानीका क्षेत्र बैंक,वित्त,जीवन र निर्जीवन बीमा कम्पनी,राम्रा हाइड्रोपावर लगायतका क्षेत्रमा लगानी गर्दा उचित हुने उनको सुझाव छ । तर लगानीपूर्व ती कम्पनीको बारेमा विस्तृत अध्ययन गर्न पर्ने उनी सल्लाह दिन्छन् ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...