सरकारी एम्बुलेन्सभित्र ३० किलो गाँजा
Tuesday Jan 28, 2020
वि.सं.२०७६ माघ १४ मंगलवार १७:०९

७६काठमाडौं,१४माघ : सरकारी एम्बुलेन्समा ३० किलोग्राम ६ सय ग्राम गाँजा तस्करी गरिरहेका तीन जना मकवानपुरमा पक्राउ परेका छन् ।
रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गएराति गाँजा तस्करी गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको हो । एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका–९ का महमद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका विनोद सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी सुशीलसिंह राठौरले बताए । उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको उनको भनाइ छ ।
गाँजासँगै प्रहरीले उनीहरूबाट ९१ हजार रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ पनि बरामदगरेको जनाएको छ ।
























