CG Electronics
IME Life
Ncell NPL

भिस्तारा एयरलाइन्सले सुरु गर्यो काठमाडौं–दिल्ली उडान

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं, १फागुन:भारतको भिस्तारा एअरलाइन्सले आजदेखि काठमाडौं–दिल्ली उडान शुरू गरेको छ ।
भारतको टाटा समूह र सिंगापुर एअरलाइन्सको जोइन्ट भेन्चरमा सञ्चालनमा आएको भिस्ताराले भारत बाहिरको पाँचौ गन्तव्यका रूपमा काठमाडौं उडान शुरू गरेको हो । दैनिक एक उडान शुरू गरेको एअरलाइन्सले काठमाडौं–दिल्लीको दुईतर्फी भाडा १५ हजार ८०० रूपैयाँ तोकेको छ । यस्तै बिजनेश क्लासको भाडा भने ६१ हजार रूपैयाँ तोकिएको जानकारी कम्पनीले दिएको छ ।

भिस्तारका प्रमुख व्यापारिक अधिकृत बिनोद कन्नले दिल्लीदेखि काठमाडौंसम्मको उडान शुरू हुँदा कम्पनीमा उत्साह थपेको बताए । उनले भने, “यस उडानबाट यात्रुहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने प्रयास गर्ने छौं ।” भिस्तारामा तीन श्रेणीको सिटको व्यवस्था रहे पनि नेपाल र दिल्लीको यात्रामा भने प्रिमियम र इकोनिम वर्गको गरी दुई श्रेणीको सिट सुविधा मात्र छ । एअर बस र बोइङ विमानबाट सेवा दिँदै आएको कम्पनीले सबै ठाउँमा गरी दैनिक २०० उडान गर्दै आएको छ ।
भिस्तारामा टाटाको ५१ र सिंगापुर एअरलाइन्सको ४९ प्रतिशत शेयर छ । कम्पनीले आफ्नो पहिलो उडानका रूपमा सन् २०१५ मा दिल्ली(मुम्बई उडान शुरू गरेको थियो ।

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...

सिजी मोटर्सद्वारा अत्याधुनिक १६ सिटर ‘किङलङ’ ईभी सार्वजनिक, मूल्य ७२ लाख ५० हजार

सिजी मोटर्सद्वारा अत्याधुनिक १६ सिटर ‘किङलङ’ ईभी...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:१०

  काठमाडौं । किङलङ ईभीको नेपालका लागि आधिकारिक वितरक सीजी...

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा छलफल

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार २२:०४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिमण्डलले...

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग हस्तान्तरण

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:४७

  काठमाडौं । प्रभु बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:३१

काठमाडौं । महालक्ष्मी विकास बैंक ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...