CG Electronics
IME Life
NIMB

निर्वाचन आयोगद्वारा सरकारको ध्यानाकर्षण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२३ असार, काठमाडौं – निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग पुनः आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

 

निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते र प्रतिनिधि सभाको निर्वाचन मंसीर पहिलो साता सम्पन्न गर्ने कार्ययोजना सरकारलाई बुझाईसकेको छ ।

 

अव निर्वाचनको मिति, त्यसका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।

 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन नआई आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीको कामलाई अघि बढाउन नसक्ने पनि स्पष्ट पारे । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई प्रविधि मैत्री बनाउन प्रयास गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

 

निर्वाचन आयोगले स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा केही त्रुटि, कमजोरी भएको स्विकार गर्दै अव नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले समय छोटो भएकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा त्रुटि भएपनि अव त्यसबाट पाठ सिकेर अघि बढने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचन सार्दै लैजानुमा निर्वाचन आयोग दोषी नरहेको पनि स्पष्ट पारे ।

 

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको मिति तोक्ने र सार्ने काम संविधान र कानुनले नै सरकारलाई दिएकाले आयोग सरकारको निर्णय मान्य बाध्य हुने पनि स्पष्ट पारे ।स्थानीय तह निर्वाचनको मिति सार्दै लगिएकोमा निर्वाचन आयोगको पनि आलोचना हुँदै आएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले भने कानुनले नै निर्वाचन मिति तोक्ने र सार्ने काम सरकारलाई दिएकाले यस विषयमा आयोगमाथि टिप्पणी गरिरहन उचित नहुने पनि स्मरण गराए ।

 

निर्वाचन आयोगले मंसीर पहिलो साता भित्र सबै तहको निर्वाचन सम्पन्न गर्नेगरी तयारीको कामलाई अघि बढाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले समय कम भएकाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीको कामलाई पनि अघि बढाइएको स्पष्ट पारे । -रासस

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...