CG Electronics
IME Life
Ncell NPL

काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मानोरेलको सम्भाब्यता अघि बढाउने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

२८ असार, काठमाडौं – काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मानोरेलको सम्भाब्यता अघि बढाउने भएका छन् । बिहीबार हुने काठमाडौं र ललितपुरको नगरसभामा पेश गरिने बजेटमा मोनोरेलको सम्भाब्यता अध्ययन अघि बढाउने गरी प्रस्ताव पेश हुँदैछ ।

भोलि काठमाडौं र ललितपुर महानगरको नगरसभामा आगामी वर्षको बजेट पेश गर्ने कार्यक्रम छ । दुबै महानगरले आफ्नो प्रस्तावित बजेटमा मोनोरेल सञ्चालनको विषयमा अध्ययन थाल्न कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

बुधबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरीबाबु महर्जनबीच पनि मोनोरेलको सम्भाब्यता अध्ययनलाई अघि बढाउने बारे छलफल भएको छ । दुबै मेयर पहिलो चरणमा काठमाडाैंकाे बुढानिलकण्ठदेखि ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने गरी सम्भाब्यता अध्ययन थाल्न सहमत भएका छन् ।

यसअनुसार नगरसभाका पेश हुने बजेट बक्तब्यमा दुबै महानगरपालिकाले मोनोरेल सञ्चालनका लागि तयारी थाल्ने प्रस्ताव पेश गर्ने भएका छन् ।

अहिले काठमाडौं र ललितपुर महानगरपालिकामा पीपीपी मोडलमा मानोरेल चलाउन विभिन्न कम्पनीहरुले प्रस्ताव पेश गरेका छन् ।

त्यसमध्ये एक मलेसियन कम्पनीको उचित प्रस्ताव आएकाले सो कम्पनीको पि्रजेन्टेशन हेरेर सम्भाब्यता अध्ययनको प्रक्रिया अघि बढाउन तयारी गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।

यसअघि काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्न एउटा कम्पनीसँग सम्झौता गरिसकेको छ । वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

मलेसिया लगायतका देशमा ११ मिटर फराकिलो सडकमाथि पनि मोनोरेल चलिरहेकाले काठमाडौंमा यसको सम्भावना राम्रो हुन सक्ने निश्कर्ष दुबै महानगरको छ ।

अब पहिलो चरणमा काठमाडौंको गोदावरीदेखि बुढानिलकण्ठसम्म मोनोरेल चलाएर पछि विस्तार गर्न काठमाडौं र ललितपुरका अन्य नगरपालिकासँग पनि छलफल अघि बढाउने योजना बनेको छ । पछि भक्तपुरका क्षेत्रहरुलाई पनि समेट्ने गरी मोनो विस्तार गर्ने योजना बनेको छ ।

मेट्रो चलाउन काठमाडौंको क्षेत्रफल सानो भएको र जमिन मुनि हुने भएकाले अनेकन सम्सयाहरु आउने अवस्था मोनोरेललाई नै काठमाडौंका सबै स्थानीय तहको अपनत्व हुने गरी अघि बढाउन दुई महानगर एकमत भएका छन् ।

मानो रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुन्छ । निर्माण अवधि पनि मेट्रो रेलकोभन्दा एकतिहाइ कम हुने भएकाले यसको राम्रो सम्भावना देखिएको निश्कर्ष उनीहरुको छ ।

मानो रेल गुड्न सकडमा ट्रली बसको जत्रै खम्बा राख्दा हुन्छ । आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनैपनि किसिमको असर नगर्ने अपेक्षा गरिएको छ । -अनलाइनखबर बाट

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...