CG Electronics
IME Life
NIMB

सैनिक विमान दुर्घटनामा १६ सैनिकको मृत्यु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२८ असार, एजेन्सी-  अमेरिकाको मिसिसिपी राज्यमा सोमबार भएको एक सैनिक विमान दुर्घटनामा १६ सैनिकको मृत्यु भएको छ । मध्यमिसिसिपीको लेफोरे प्रान्तमा स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ बजे सेनाको सानो विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त विमान सेनाको कार्गाे विमान रहेको बताइएको छ ।

विमान दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको मिसिसिपीका सैनिक प्रवक्ता क्याप्टेन सराह बर्नसले बताए । मिसिसिपीको डेल्टाबाट १३५ किलोमिटर पश्चिममा रहेको लेफोरेमा सो विमान दुर्घटनामा परेको प्रान्तीय संकटकालीन निकायका निर्देशक फ्रान्स रान्डले बताए । दुर्घटनास्थलमा ठूलो संख्यामा सैनिक परिचालन गरिएको छ । विमान दुर्घटनाको कारण खुलेको छैन ।

आइएसलाई सहयोग गर्ने सैनिक पक्राउ
अतिवादी मुस्लिम समूह आइएसलाई सहयोग गरेको आरोपमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । अमेरिकी सेनामा कार्यरत ३४ वर्षीय एरिक काङ पक्राउ परेको अमेरिकी अनुसन्धान निकाय एफबिआईले जनाएको छ । हवाईको राजधानी सहर होनोलुलूमा रहेकोे निवासबाट उनी पक्राउ परेका हुन् । काङले आइएसलाई आवश्यक सैनिक सामग्री उपलब्ध गरेको र तालिमसमेत दिने गरेको प्रमाण भेटिएको सेनाले दाबी गरेको छ ।

पक्राउ हुनुअघि काङ हवाईमा रहेको सैनिक उड्डयनसम्बन्धी सेवामा ट्राफिक नियन्त्रण कार्यालयमा काममा खटिएका थिए । कार्यालय समयमा उनले बारम्बार आइएसलाई सहयोग गरेको प्रहरीले दाबी गरेको छ । उनी सन् २०१० मा इराकमा र सन् २०१४ मा अफगानिस्तानमा आइएसविरुद्धको युद्धमा खटिएका थिए । उनीमाथि केही महिनायता प्रहरीले निगरानी बढाएको थियो ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...