CG Electronics
IME Life
NIMB

१४ गते आइतबारदेखि शेयर बजार खोल्ने तयारी

NIMB
Himalayan Bank

काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा आगामी आइतबारबाट सम्भवतः शेयर कारोबार हुने भएको छ । धितोपत्र बोर्डले पाँच दिनको समयावधी दिएर बनाएको कार्यदलले आगामी शुक्रबार प्रतिवेदन दिएपछि शनिबार बैठक बसेर आइतबारदेखि शेयर कारोबार खोल्ने तयारी भइरहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

धितो बोर्डका कार्यकारी निर्देशकको नेतृत्वमा नेप्से तथा लगानीकर्ताहरुसहितको कार्यदलले अहिले काम गरिरहेको छ । उक्त कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै शेयर कारोबार खोल्ने तयारीमा बोर्ड छ ।

बोर्डका प्रबक्ता निरज गिरीले यसअघि बोर्ड बैठकमा लकडाउन पुनः हुनसक्ने भएकोले अबका दिनमा समस्याहरुको समाधान स्थायी रुपमा हल गर्ने उद्देश्यले बजार सुचारु हुन केही ढिलाई भएको बताए । शेयर बजारमा अनावश्यक दवाव दिएर बोर्डमाथि चलखेल हुन थालेपछि बोर्डले स्थायी समाधान खोज्न चाहेको बोर्डका सञ्चालकहरुको भनाई आएपछि सोमबार कार्यदल बनाउने निर्णय गरेको हो ।

नेप्से, लगानीकर्ता तथा अन्य सरोकारवाला निकायका अधिकारी सहभागी कार्यदलले आगामी दिनमा शेयर बजार जस्तोसुकै अवस्थामा पनि सञ्चालन गर्ने गरी अध्ययन भइरहेको एक सदस्यले बताए । अब बजार खुल्दा पुनः लकडाउन भएको अवस्थामा समेत कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कोणबाट कार्यदलमा छलफल भइरहेको छ ।

सूत्रका अनुसार अन्य कुनै कुराले प्रभाव नपारेको खण्डमा कार्यदलले आगामी शुक्रबार प्रतिवेदन बुझाउने छ भने शनिबार नेपाल धितोपत्र बोर्डको बैठक बसेर बजार खोल्ने निर्णय गर्नेछ । हाल तयार गरिएको योजना अनुसार आगामी आइतबारदेखि शेयर कारोबार सुरु हुनेछ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...