आईएमएस ग्रुपद्वारा नेपाली इ–कमर्स प्लेटफर्म, स्मार्टडोकोमा लगानी
Sunday Jun 28, 2020
वि.सं.२०७७ असार १४ आइतवार २२:१६

काठमाडौं – आईएमएस ग्रुपद्वारा २०७७ साल असार १५ गते स्मार्टडोकको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ ।
स्मार्टडोको नेपालको एक मध्य सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । कम्पनीले विगत चार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पु¥याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ ।
यस कम्पनीको सुविधाहरुः जस्तै रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन् जसका कारण स्मार्टडोको सबैभन्दा मनपर्ने अनलाइन साइटहरूमध्ये एक मनिन्छ ।
“नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्रगतिले विश्वव्यापी
ई–कमर्समा ठूलो वृद्धि देखिएको छ त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप रुपमा लगानी गर्ने निर्णय गरेको छ । सम्पूर्ण विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउदै गई रहेका देख्छौं । तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको छ ।” दिकेश मलहोत्रा (आईएमएस ग्रुप अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत)
उहाँले थप्नुभयो “हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोको को ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो । हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं । हाम्रो प्रमुख प्रयास ग्राहकहरूका जिज्ञासाहरुलाई सम्बोधन गर्नु र निर्देशित गर्नु हो । थप रूपमा हामी दुबै वेबसाइट र मोबाइल बउउष्अिबतष्यल लाई पुनः सुधार गर्दैछौं ताकि स्मार्टडोको प्रयोगकर्ताहरूलाई सहज र आकर्षक ईन्टरफेसको अनुभव होस् । साथसाथै स्मार्टडोको पुनः ब्रान्डिङ्ग गर्नको लागि हाम्रो शुरुवाती चरणको रूपमा स्मार्टडोकको नयाँ लोगो प्रस्तुत गर्न चाहन्छौं । हामीलाई पूर्ण विश्वास छ कि हाम्रा रहीरहेका र नयाँ ग्राहकहरूलाई सन्तुष्टि प्रादन गर्न सक्नेछौं ।”
आइएमएस ग्रुपको बारेमा
आईएमएस ग्रुप एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २८ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बिबि लभ, ड्रिमबेबि एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।
























