CG Electronics
IME Life
NIMB

हेटौडाकी सुस्मिताको हत्याको मुख्य कारण, सामाजिक सञ्जालमा बीमामाथि दोष

NIMB
Himalayan Bank

काठमाडौं – जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिता थापा हत्या काण्डको अनुसन्धान सम्बन्धी प्रतिवेदन आज सार्वजनिक गरेको छ । सुरुमा बीमाको कारण भनेर निकै चर्चा रहेको सो घटना अन्ततः सुसुराले बिधवा बुहारीमाथि बलात्कारको प्रयास गरेको र सो घटना लुकाउन हत्या गरेको प्रहरीले प्रतिवेदन सार्वजनिक गरेको छ । सुस्मिताको मृत्युपछि जीवन बीमाको रकममा झगडा परेर हत्या गरिएको भन्ने प्रचार सामाजिक सञ्जालमा भएको थियो । यद्यपि मृतक भुपेन्द्र थापाको नाममा १० लाखको जीवन बीमा गरिएको र सो रकम यसअघि नै मृतकका बाबु प्रकाश थापाले भुक्तानी लिइसकेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिल सिंह राथौरले सोमबार सुस्मिता थापा हत्या काण्डको प्रतिवेदन सार्वजनिक गर्दै २०७६ साल बैशाख १८ गते विवाह भएको र सोही वर्षको असोज २३ गते मृतककी श्रीमान रुपेन्द्र थापा ससुराली कपिलबस्तुबाट मोटरसाइकलमा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि घरका ससुरा, सासु तथा नन्दहरुले रुपेन्द्रको मृत्युको मुख्य कारण रहेको भन्दै सुस्मितामाथि मानसिक यातना दिन सुरु गरेको प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका थापाको काजक्रिया गर्ने क्रममा छ महिनाको तिथिमा श्राद्ध गर्न चैत्र २१ गते माइतीबाट घर आएकी सुस्मिता लकडाउनको कारण माइत फर्कन पाएकी थिईनन् । सो क्रममा ससुराले बिधवा बुहारीलाई बाथरुममा बलात्कारको प्रयास गरेको प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुख एसपी राथौरले भने, ‘ससुरा प्रकाश थापाले बुहारी बाथरुममा नुहाउने बेला विभिन्न बाहनामा बलात्कारको प्रयास गरेको देखिन्छ । निजले मृतककी संवेदनशील अंगहरुमा समेत छोएको देखिन्छ ।’ विवाह गरेको छ महिना नपुग्दै श्रीमानको मृत्यु अनि घरमा बस्दा आफ्नै ससुराबाट बलात्कारको प्रयास भएपछि विक्षिप्त बनेकी महिलाले प्रहरीमा उजुरी नगरी बसेको अवस्थामा सोही घटनाको पोल खुल्ने डरले ससुरा प्रकाश थापा मृतकी नन्द सिता थापा, सासु तुलसा थापाको संलग्नतामा घटना घटाएको प्रहरीले दावी गरेको छ । प्रहरीका अनुसार असार १ गते राति भान्सामा बसिरहेकी सुस्मितामाथि सबैभन्दा पहिले रक्सी खाएर आएका ससुराले लाठीले टाउकोमा हानेको र त्यसपछि नन्द सिता थापाले लोहोरोले कन्चटमा हानेर हत्या गरेको उल्लेख छ ।

हत्या गरेपछि अपराध लुकाउन गरेका प्रचन्च निकै चलाखीपूर्वक रचिएको देखिन्छ । अभियुक्तहरुले सुस्मितालाई मारिसकेपछि अभियुक्तकी सासु तुलसा थापालाई बाहिर निकाली, प्रकाश थापा र निजकी छोरी मिलेर घटनस्थल सफाई गरेको, मृतकको टाउकोमा लागेका रगतहरु पखालेका थिए । प्रकाश थापाले छोरी सितालाई ढोकाबाट बाहिर पठाई भित्रबाट चुक्कुल लगाई आफू भने स्क्रोलिङवाला झ्यालबाट फालहानी बाहिरबाट झ्याल लक गरेर सुतेका थिए । भोलिपल्ट विहानै अभियुक्त आफैले वरपर बुहारीले आत्महत्या गरी भन्दै हल्ला गरेपछि प्रहरीले पुगेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका रुपेन्द्र थापा काम गर्ने सिएसआई कम्पनीमा तलब, शेयर, बोनस र बीमा बापत आउने कूल रकम ३८ लाख २८ हजार रुपैयाँ लिने सम्बन्धमा ससुरा र बुहारी बीच मतभेद रहेको थियो । सो रकम सुस्मिताले पनि पाउनुपर्ने बताउँदै आएकी थिईन् भने ससुरा थापाले आफूले मात्रै लिनुपर्ने भन्दै आएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानमा आर्थिक कारणले मात्रै नभएर बलात्कारको प्रयास बाहिर पोल खुल्ने डरले हत्या गरेको देखिएको जनाएको छ । साथै सो क्रममा रुपेन्द्र कार्यरत कम्पनीबाट आउने तलव, बोनस, शेयर र बीमा बापत आउने एकमुष्ठ रकम पनि एउटा कारण हुनसक्ने जनाएको छ । साथै एसपी राथौरले मृतक रुपेन्द्र थापाको नाममा नेशनल लाईफ इन्स्योरेन्समा गरिएको १० लाख रुपैयाँको बीमा बापतको रकम यसअघि नै निजको बाबु प्रकाश थापाले बुझिसकेको जनाउँदै जीवन बीमाको रकम लिने सम्बन्धमा भूमिका नदेखिएको जनाएको छ ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...