मञ्जुश्री फाइनान्सको नाफा बढ्यो
Monday Jul 20, 2020
वि.सं.२०७७ साउन ५ सोमवार २२:०३

काठमाडौं – गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म मञ्जुश्री फाइनान्सले रू।२८ करोड ९ लाख ६ हजार खुद नाफा गरेको छ ।
यो नाफा अघिल्लो आवको सोहि अवधिमा रू। ७ करोड ३१ लाख ३२ हजार थियो । अघिल्लो आवमा भन्दा गत आवमा कम्पनीको खुद नाफा २८४ प्रतिशत बढी भएको छ ।
गत वर्ष अघिल्लो वर्षभन्दा गत वर्ष गैर सञ्चालन आम्दानी उल्लेख्य मात्रामा भएकाले यस वर्ष नाफामा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो आवमा शून्य रहेको गैर सञ्चालन आम्दानी गत वर्ष चौंथो त्रैमासमा रू।२० करोड ४२ लाख ७५ हजार भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू। ८१ करोड ८१ लाख ३१ हजार रहेको छ । अघिल्लो वर्ष रू। १२ करोड ९३ लाख रहेको जगेडा कोष रकम यस वर्ष बढेर रू। २७ करोड ६० लाख ९२ हजार पुगेको छ ।
चौंथो त्रैमासमा रू। ५ अर्ब ८४ करोड ८३ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू। ५ अर्ब ८१ करोड ८२ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत चौंथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू। ११ करोड ९४ लाख ७५ हजार छ । प्रतिशेयर आम्दानी रू। ३४ दशमलव ३४ र प्रतिशेयर नेटवर्थ रू। १४८ दशमलव ४० रहेको छ ।




























