सनराइज बैंकले ४० वर्षसम्मको लागि ८.९५ ब्याज दरमा ल्यायो घर कर्जा र सेयर धितो कर्जा योजना
Sunday Jul 26, 2020
वि.सं.२०७७ साउन ११ आइतवार १८:२३

काठमाडौं – सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । बैंकले सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको लागि ८।९५ ब्याज दरमा घर कर्जा लिन सक्ने तथा शेयर धितो कर्जामा ९।९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।
कोरोनाले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यस्तो योजना ल्याएको जनाएको छ ।
सिमित अवधिको लागि ल्याइएको उक्त योजनाबाट लाभ लिन बैंकले सबै पक्षहरुबाट अपेक्षा गरिएको जानकारी दिएको छ ।
उक्त कर्जा योजना बैंकको देशभर फैलिएर रहेका १३४ वटै शाखाबाट लिन सक्ने जनाइएको छ ।























