एशियन लाइफले घोषणा गर्यो बीमा क्षेत्रकै उच्च बोनस दर
Tuesday Jul 28, 2020
वि.सं.२०७७ साउन १३ मंगलवार ००:३९

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रकै सर्वाधिक बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितहरुलाई आर्थिक वर्ष २०७४र७५ मा दिने नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो । बीमा समितिले जेठ ८ गते दिएको स्वीकृती पश्चात कम्पनीले सो बोनस दर दिने घोषणा गरेको कम्पनीले जनाएको छ ।
सावधिक जीवन बीमालेखः कम्पनीले ० देखि १४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, १५ देखि १९वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर तोकेको छ ।
सावाधिक९बालबालिका सावाधिक जीवन बीमा०स् ० देखि १४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, १५ देखि १९वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर तोकेको छ ।
सावधिक तथा आजीवन जीवन बीमालेखः ० देखि १४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ८७ रुपैयाँ बोनस दर तोकेको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखः १० वर्ष अवधिका लागि ४३ रुपैयाँ, १२ वर्ष अवधिका लागि ४८ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५४ रुपैयाँ, १८ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० वर्ष अवधिका लागि ७४ रुपैयाँ र २५ वर्ष अवधिका लागि ७९ रुपैयाँ बोनस दर तोकेको छ ।
यस अघि गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले पनि अधिकतम रु। ८७ बोनस दर घोषणा गरेको थियो ।
























