CG Electronics
IME Life
NIMB

भदौ नौ गतेबाटै अन्तर्राष्ट्रिय उडान सुरु हुने (सूचीसहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ –  अन्तर्राष्ट्रिय उडान सुरु गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार उडानको तालिका सार्वजनिक गरेको छ । भदौ ९ गते मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ ।

मन्त्रालयले दैनिक ५०० जना नेपालीहरुलाई मात्र उद्धार गर्ने तालिका सार्वजनिक गरेको हो । नयाँ समायोजित तालिका अनुसार भदौ ९ गते साउदी अरेवियाबाट एअर अरेवियाले उडान गर्ने छ ।

यस्तै १० गते आवुधावीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । ११ गते नेपाल एयरलाइन्सले रियादबाट, दम्मामबाट हिमालयन एयरलायन्स र इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्ने छन । टर्किस र कतार एयरलाइन्सले एक पटकमा १०० जना भन्दा बढी यात्रुहरु ल्याउन नपाउने भएका छन ।

यसअघि ती एयरलाइन्सहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड मिचेर जहाज भरी यात्रुहरु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी १०० भन्दा बढी यात्रु नल्याउन निर्देशन समेत जारी गरेको छ ।

यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट,हिमालयले पनि क्लालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्ने छ । १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियाबाट कोरियन एयरले उडान गर्ने निश्चित भएको छ ।

१४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्लालाम्पुरबाट एकसाथ उडान गर्ने छन् । १५ गते नेपालले दुबई र हिमालयनले आबुधावीबाट उडान गर्ने छ । योसँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उद्धार उडानका लागि यात्रुहरुले पीसीआर रिपोर्ट ल्याउनु पर्ने, पीसीआर टेष्ट गरेको र नगरेकाहरुलाई एकैठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले ७ दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...