CG Electronics
IME Life
NIMB

‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

एजेन्सी । स्पेनिस ला लिगाको नयाँ सिजन अन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबीच हुने विश्वप्रसिद्ध ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने भएको छ ।

नयाँ सिजनको ला लिगा १३ सेप्टेम्वर २०२० बाट शुरु भएर २३ मे २०२१ मा सम्पन्न हुनेछ । बार्सिलोनाले घरेलु मैदानमा इल्चेसँग तथा रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

स्पेनिस फुटबल फेडेरेसन ९आरएफइएफ० ले जारी गरेको नयाँ सिजनको खेल तालिका अनुसार सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त सातौ राउन्डमै अक्टोबरमा हुने भएको हो । खेल बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा २५ अक्टोबरमा हुनेछ ।

दोस्रो एल क्लासिको रियल म्याड्रिडको घरेलु मैदानमा ११ अप्रिल २०२१ मा हुनेछ । जुन ला लिगाको ३०औं राउन्डको खेल हो । बार्सिलोनाले अवे मैदानमा एइवरसँग तथा रियल म्याड्रिडले घरेलु मैदानमै भिल्लारियलसँग खेल्दै सिजनको अन्त्य गर्नेछ ।

अघिल्लो सिजनको क्लासिकोमा एक खेल रियल म्याड्रिडले २–० ले आफ्नो पक्षमा पार्दा एक खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै म्याड्रिड डर्वी ९रियल र एट्लेटिको० बीचको पहिलो खेल रियलको घरेलु मैदानमा १३ डिसेम्वर २०२० मा तथा दोस्रो खेल एट्लेटिकोको मैदानमा ७ मार्च २०२१ मा हुनेछ ।

अगस्टमा युरोपियन प्रतियोगितामा संलग्न ५ टोली र शीर्ष डिभिजनमा बढुवाको लागि प्ले अफ खेलेको टोलीले सिजनको पहिलो राउन्डमा सहभागी हुनेछैन । जसमा युरोपियन प्रतियोगितामा सहभागी एट्लेटिको मड्रिड, सेभिल्ला, रियल म्याड्रिड, बार्सिलोना र शीर्ष डिभिजनमा बढुवाको लागि प्ले अफ खेलेका इल्चे रहेका छन् ।

एट्लेटिको, बार्सिलोना, सेभिल्ला र इल्चेको दोस्रो राउन्डको खेल पनि स्थगित हुनेछ । उनीहरुले रियल म्याड्रिड र गेटाफेभन्दा पछि सिजनको अन्तिम खेल खेलेका थिए ।

ग्रानडाले ला लिगाको चौथो राउन्डको खेल हुने समयमा युरोपा लिगको प्ले अफ खेल्नुपर्ने भएकाले सेप्टेम्वर ३० मा ओसासुनासँग हुने भनिएको खेल १२ जनवरीमा हुने ला लिगाले जनाएको छ । यस्तै ला लिगाले कुनै पनि समस्या नआए २३ मार्चमा सिजन सकिने बताएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...