नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत
Sunday Sep 06, 2020
वि.सं.२०७७ भदौ २१ आइतवार १७:२६
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
शाइन रेसुङ्गाको १५ प्रतिशत बोनस शेयर वापतको ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो दिन सोमवारदेखि यी शेयरहरु कारोबार गर्न सकिनेछ ।




























