सुनको तिलहरी बिहीबार दिउँसो लुटपाट
Friday Sep 25, 2020
वि.सं.२०७७ असोज ९ शुक्रवार २१:५४

काठमाडौं । कागेश्वरी नगरपालिका(९ सनसिटिस्थित हिमालयन टोल घर भएका ४३ वर्षीया महिलाको साथबाट एकतोला सुनको तिलहरी बिहीबार दिउँसो लुटपाट भएको छ ।
ती महिलाको घरमा कोठा खोज्ने बहानामा आएका अपरिचित व्यक्तिहरुले महिलाको मुखमा सल बाँधी घाँटीमा लगाएको उक्त तिलहरी लुटि फरार भएका बताइएको छ ।
लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
























