प्रहरीलाई स्वास्थ्य दृष्टि आई हस्पिटलले स्वास्थ्य सामग्री सहयोग
Tuesday Sep 29, 2020
वि.सं.२०७७ असोज १३ मंगलवार २०:५८

वीरगञ्ज । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि फ्रन्टलाइनमा खटिरहेका सुरक्षाकर्मीलाई वीरगञ्जस्थित दृष्टि आई हस्पिटलले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
हस्पिटलले मंगलबार एक कार्यक्रम बीच वडा प्रहरी कार्यालय श्रीपुरलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कार्यक्रममा अस्पतालका प्रमुख विश्व राज गौतम र प्रमुख चिकित्सक डा। हरि शर्मालगायतको टोलिले वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपककुमार साहलाई मास्क, सेनीटाईजर, रोग प्रतिरोधात्मक औषधि, भिटामिन सीलगयातका औषधिहरु सहयोग गरेको थियो ।
कार्यक्रममा वडा नं। १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायतको सहभागिता रहेको थियो ।
























