CG Electronics
IME Life
NIMB

मिथिला नगरपालिका-९ स्थित सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

NIMB
Himalayan Bank


काठमाडौं। धनुषा, मिथिला नगरपालिका-९ स्थित सडकमा बा.१८ च ५८७९ नम्बरको स्कारपियो गाडी र बा.७३ प १९०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार महोत्तरी सोनवा गाउँपालिका-१ बस्ने २८ वर्षीय सेराज हकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका-७ बस्ने २३ वर्षीय सुभास चौधरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्कारपियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, मिक्लाजुङ गाउँपालिका-४ मुगुटारमा प्रदेश १-०१-००१ त ८२५५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय डिक बहादुर राईको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ जोरआपस्थित सडकमा स.१ त ६६८० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्मा बस्ने २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, अन्नपूर्ण गाउँपालिका-५ नयाँपुलस्थित सडकमा पोखराबाट पूर्वतर्फ जाँदै गरेको ग.१० प २१२२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाउँपालिका-६ बस्ने २६ वर्षीय पुष्कर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरका चालक स्याङ्जा आँधीखोला गाउँपालिका-६ बस्ने २५ वर्षीय सन्तोष न्यौपानेको सोही अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...