Nabil Bank
prabhubank
nic bank

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाण्डौ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन झिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको छ ।

हिन्दुहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो । जसलाई म्यूजिक भिडियोमार्फत उत्कृष्ठ पस्कने प्रयास कम्पनीले गरेको छ । स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिनेछ ।

शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ ।
तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् । यस शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् । गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ ।

त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ ।आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।

त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ ।यो गीतको भिडियो पनि उत्कृष्ठ बनेको कम्पनीले जनाएको छ । शब्दहरुलाई न्याय गर्ने गरी भिडियो तयार गरेकाले तिहारको माहोललाई अझ झिलीमिलि बनाउन थप टेवा पुर्याउने छ । महान् चाड तिहारमा सम्पूर्ण नेपालीलाई मनोरन्जन प्रदान गर्नुका साथै बीमा गर्नुपर्छ भन्ने जनचेतना पनि सम्पूर्ण नेपालीसमक्ष पुग्ने विश्वास कम्पनीले लिएको छ ।

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,
सगरमाथाझँै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’

तिहार शुभकामना गीतको लिंक :-

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:५३

  काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ :...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:४७

    काठमाडौं ३, जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस् : इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:४५

काठमाडौं ३, जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष...

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ  : कुलमान घिसिङ

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ :...

वि.सं.२०८१ जेठ ३ बिहीवार १७:२२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा...

नीतिगत स्थिरतामार्फत् लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको माग

नीतिगत स्थिरतामार्फत् लगानीमैत्री वातावरण निर्माण गर्न निजी...

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौं, जेठ ३ । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन : ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन :...

वि.सं.२०८१ जेठ ३ बिहीवार ०५:३४

  काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत...