CG Electronics
IME Life
NIMB

भवानी राणाको कारण भाँडभैलो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं : यही साता नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाअधिवेशन हुँदैछ । यही मंसिर ११ देखि १३ गतेसम्म निर्वाचनको मिति घोषणा भएको छ । निर्वाचनमा कांग्रेसप्रति आस्थावान पूर्व अध्यक्षहरु किशोर प्रधानको खेमामा उभिएका छन् । चन्द्र ढकाललाई बोक्ने एक्ला चण्डी ढकालमात्र छन् । चन्द्रहरु वामपन्थी खेमाबाट प्रतिनिधित्व गर्दैछन् ।
चन्द्र ढकाललाई बरिष्ठ उपाध्यक्ष बन्न नदिन वर्तमान अध्यक्ष भवानी राणा,शेखर गोल्छादेखि पशुपति मुरारक्का,कुश कुमार जोशीहरुसम्म हात धोएर लागि परेका छन् । चन्द्रलाई हराउनका लागि सबैभन्दा सक्रिय पात्र हुन् भवानी राणा । राणाले आफू निकटस्थ जिल्ला नगर अध्यक्षहरुलाई रकम वितरण गरेको आरोप लाग्न थालेको छ । महासंघका कोषाध्यक्ष निरक केसीले खुलेआम भवानीमाथि यसरी हिलो छ्यापेका छन् । भवानीले किशोर प्रधानको पक्षमा मतदान गर्ने मतदाताहरुको लागि मात्रै महासंघको खर्चमा होटल बुक गर्न खोजेको चर्चा पनि अहिले उद्यमी व्यवसायीहरुबीच चल्न थालेको छ । कोषाध्यक्ष केसीको अनुसार उद्योग वाणिज्य महासंघले नै खर्च बेहोर्ने गरी किशोर प्रधान खेमाका लाई जिताउन होटल बुक गर्न लागेको जानकारी पाए पछि कोषाध्यक्ष केसीले उद्योग वाणिज्य महासंघको कार्यलयबाट चेक बुक नै बोकेर हिडेका छन् । कारण हो चेकमा अहिले भवानी राणाको मात्र हस्ताक्षर चल्छ । आफूखुसी महासंघको चेक काटेर जिल्ला तथा नगरका मतदाताहरुलाई प्रभावमा पार्न खोज्ने बुझिए पछि उनी चेक बुक नै बोकेर हिडेका हुन् । स्रोतका अनुसार निर्वाचनको मुखमै जिल्ला र नगरका मतदाताहरुलाई प्रभावित पार्न महासंघकै खाताबाट २२ लाख रकम भवानी राणाले वितवरण गरिसकेकको भेटिएको छ ।
यता भवानी राणादेखि शेखर गोल्छाहरुको अनेकन खालको तिकडम र चलखेलका बाबजुत पनि वरिष्ठ उपाध्यक्षमा बैंकर उद्यमी चन्द्रप्रसाद ढकालको पल्लाभारी हुने विश्लेषण उद्यमीहरुले गर्न थालेका छन् । उद्यमी तथा व्यापारीहरुका अनुसार उपाध्यक्षमा दिनेश श्रेष्ठ, सौरभ ज्योति र अन्जनराज श्रेष्ठलाई चयन हुने प्रवल सम्भवना छ ।
उद्यमीहरुका अनुसार वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधानको प्यानलमा बजारले चिने, जानेका र व्यवसायिक क्षेत्रमा भिजेका उपाध्यक्षहरूको उम्मेदवारी रहेको छ भने ढकाल प्यानल उम्मेदवार चयनको मामलामा चुकेको छ । व्यवसायिक र सरकारी बलमा उभिएका ढकाल प्यानलमा जिल्लारनगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट्स उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार रहेका छन् । महासंघको आगामी अध्यक्ष शेखर गोल्छाले समेत साथ रहेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट्स उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार रहेका छन् । यस अघि शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधान पुन पराजित हुने आँकलन गरिएको छ । विशेष गरी मिडियासँग चन्द्र ढकालको वढी पहुँच छ । उनी मिडिया फ्रेण्डली समेत छन् । तर किशोर मिडियाबाटै भाग्ने गर्दछन् । उनको प्यानलको अञ्जनहरु भने व्यवसायीमाझ राम्रै भिजेका व्यक्ति हुन् । उनले एक कार्यकाल नाडा अटोमोवाइलको अध्यक्ष समेत हाकिसकेका हुन् । औषधि व्यवसायी तथा पुष्पलाल श्रेष्ठका सुपुत्र उमेशलाल श्रेष्ठ अञ्जनसँग भिड्दै छन् । उनको नियती यहाँ पनि अघिल्लो पटक राष्ट्रिय खेलकुद परिषद्मा जीवनराम श्रेष्ठसँग पत्तासाफ भएझैं हुने व्यवसायीहरुको टिप्पणी छ ।
महासंघको आगामी नेतृत्वमा हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने अन्य ६४ पदका लागि निर्वाचन हुनेछ । जसमध्ये एकजना वरिष्ठ उपाध्यक्ष, जिल्ला तथा नगर, वस्तुगत तथा एशोसिएट्स समूहबाट १÷१ जना समेत गरी कुल ३ जना विषयगत उपाध्यक्षहरू र बाँकी ६० जना कार्यसमिति सदस्यका रहनेछन् ।६० जना कार्यसमिति सदस्यहरूमध्ये जिल्ला÷नगर तर्फबाट १८ जना, वस्तुगत संघ समूहबाट १४ जना, एशोसिएट्स समूहबाट १९ जना, द्विराष्ट्रिय संघका तर्फबाट १ जना, संस्थापक सदस्यहरूबाट १ जना महासंघ कार्यसमितिमा रहने छन् । प्रत्येक प्रदेशको तर्फबाट कार्यसमितिमा प्रतिनिधित्व गर्ने १ एक जना समेत गरी कुल ७ जना रहनेछन् । यी पदहरुका लागि कुल १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेश १ र द्विराष्ट्रिय समूहबाट प्रतिनिधित्व गर्ने १÷१ जना समेत गरी २ कार्यसमिति सदस्यका लागि एकजनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् । महासंघ निर्वाचन समितिको तथ्यांक अनुसार हाल महासंघमा १ सय ७ वटा उद्योग वाणिज्य संघ, १०१ वटा वस्तुगत संघ, ९ सय २३ जना एशोसिएट्स सदस्य तथा संस्थापक तथा द्विराष्ट्रिय संघका तर्फबाट १२र१२ जना समेत गरी कुल २४ वटा संस्थाका प्रतिनिधिको मताधिकार निश्चित भएको छ । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुको निर्वाचन प्रयोजनका लागि द्विराष्ट्रिय संघका सदस्यहरुलाई एशोसिएट्स समूह तथा संस्थापक सदस्यलाई जिल्ला, नगर समूहमा अन्तर्गत राख्ने व्यवस्था छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...