CG Electronics
Ncell NPL
NIMB

मुलुक समृद्धिको यात्रामा अगाडि बढेको छः मन्त्री बाँस्कोटा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको यात्रामा गइसकेकाले यसलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज रेडियो नेपालमा आयोजित जागरण गीत सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “समृद्धि एकै पटक आउने कुरा होइन, मुलुकको विकास गरी सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ ।”

मन्त्री बाँस्कोटाले राजनीतिक लडाईं सकिएकाले अब गरीबी, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको अभियानमा सरकार लागेको बताउनुभयो ।

उहाँले नेपालको कला संस्कृति विश्वकै उत्कृष्ट भएकाले यसलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले मुलुकको राजनीतिक परिवर्तनमा कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो ।

जनवादी गायक जेवी टुहुरेले मुलुक परिवर्तन गर्न पहिले जनवादी गीत गाउँदा पक्राउ परे पनि अहिले सुरक्षाकर्मीसँग मिलेर परिवर्तनका गीत गाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा मधु गुरुङ लगायतका समूहले ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, नेपाल प्रहरीको समूहले ‘हिमालको हाँसो, तराईको आँगन, पहाडको सिरानी, नेपाल मेरा चार किल्लाभित्र कोही छैन विरानी’, जेवी टुहुरेले ‘फेरि हामी एकचोटी उठ्नुपर्ने भयो, देशभक्त सबै जुट्नुपर्ने भयो’ तथा किरण प्रधानले ‘जो देशलाई ठूला ठान्दैन, परि आउँदा मन मान्दैन, ऊ नेपाली हुन सक्दैन’ लगायत जागरण गीत गाउनुभएको थियो ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...