CG Electronics
IME Life
Ncell NPL

आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं। थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।

त्यसैले फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

फाइनलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य उपाधि भएको बताए ।

नेपालले पछिल्ला सात वटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन् ।

जसका कारण फुटबलप्रेमीहरु सन्तुष्ट छैनन् ।

प्रशिक्षक महर्जनले सोमबारको खेलमा नेपालले गोल गर्ने र उपाधि पनि जित्ने दाबी गरेका छन् ।

लिग चरणको दुबै खेलमा गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको थियो ।

नेपालले चैत १२ गते किर्गिस्तानको यू–२३ टीम र चैत १४ गते बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।

बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि आफ्नो कप्तानीमा टिमलाई जित दिलाउनका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

बंगलादेशका प्रशिक्षक जेम्स डेले घरेलु टोलीविरुद्ध हुने फाइनल प्रतिस्पर्धात्मक हुने बताए ।

‘यस खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलीलाई दर्शकको समर्थन छ । हामी फाइनलमा पुग्यो यो नै ठुलो विषय हो,’ उनले भने ।

बंगलादेशका कप्तान जमल भुयाले टिमलाई उपाधि जित्नका लागि सुनौलो मौका रहेको बताए ।

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन...

वि.सं.२०८२ चैत ५ बिहीवार ०७:३८

  पोखरा। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता...

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ आयोजना हुने

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास...

वि.सं.२०८२ फागुन ११ सोमवार ०९:२४

  काठमाडौं । केबीए ग्लोबल प्रा.लि.को आयोजनामा ‘गोल्डेन गेट इन्टरनेशनल...

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार ०८:५५

  काठमाडौं । मिल्सबेरी ए लेभल्स द्वारा आयोजित मिल्सबेरी इन्टर–ए...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

वि.सं.२०८२ फागुन ७ बिहीवार २१:२३

      बालुवाटार क्रिकेट एकेडेमी विजेता, पाकिस्तान दूतावास टिम...