CG Electronics
IME Life
Ncell NPL

धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।   धर्म चानचुने कुरा हैन, बरु सबैभन्दा ठूलो कुरा धर्म हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरु धर्ममा अडिएका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नुपर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो । धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरीथरीका छन् । हिन्दु, मुस्लिम, क्रिश्चियन आदि ।

धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूल प्रवृत्ति हो, मानिसको स्वभाविक गुण हो । नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोक विश्वासको सुकर्म पुण्य कर्म हो । लोकहितका लागि स्विकारिएको कर्तव्य कर्म सदाचार धर्म हो । धर्म शब्दको अर्थ हो, ईश्वरप्रतिको विश्वासले गरिने पूजाको पद्धति । विभिन्न धर्म मान्नेहरुको शब्द र उद्देश्य पनि भिन्न हुन सक्दछ । हामी हिन्दूहरुको मूलभूत आफ्नै स्वभाव हुन्छ ।

यही नै मानव धर्म हो भन्ने मान्यता रहेको पाइन्छ । धर्म भनेको व्यवहारिक वस्तु हो । धर्मको वारेमा ठूला ठूला कुरा गरेर मात्र धर्मको पालना हुँदैन । यदि हामी साँच्चै नै असल र धर्म पालक बन्न चाहन्छौं भने धर्मशास्त्रको अध्ययनको साथै ऋषिमुनिहरुबाट निदेर्शित मार्ग र सिद्धान्तलाई व्यवहारमा लागू गर्नु अति आवश्यक ठानिएको छ । धर्म धेरै किसिमका छन् । वैदिक धर्म, शैवधर्म, वैष्णव धर्म, बौद्ध धर्म, दयाधर्म, विशेष धर्म, विद्या धर्म, वर्णाश्रम धर्म, ब्राह्मण धर्म, क्षेत्रीय धर्म, वैश्यधर्म, शूद्रधर्म र सामान्य धर्म, धर्म के हो र किन मान्ने ? संस्कृति संस्कृति भनेको अनादिकालदेखि प्रचलनमा आएको परम्परा हो। संस्कृति भनेको सभ्यता होइन ।

सभ्यता कहिलेदेखि सुरु भयो रु मोटामोटी रूपमा भन्न सकिएला तर संस्कृति कहिलेदेखि सुरु भयो रु अनुमान गर्न असम्भव भएकाले संस्कृति भनेको अनादिकालदेखि चलेको परम्परा हो भन्ने बुझ्नुपरेको छ। संस्कृति र परम्परा आ–आफ्नै हुन्छन्। देशको नागरिकता हुन्छ, राष्ट्रियता हुन्छ, राष्ट्रभाषा हुन्छ, राष्ट्रिय पर्वहरू हुन्छन् तर संस्कृति भनेको जातजाति, गोष्ठीको मात्रै हुन्छ, देशको संस्कृति हुँदैन राई, याख्खा, आठपहरिया तथा लिम्बूहरूको आफ्नै संस्कृति छ। हाम्रो देशमा धेरै जातजाति भएका हुनाले संस्कृति धेरै छन्। संविधानले पनि यो कुरा स्वीकारेर बहुजाति, भाषा, धर्म, संस्कृति भनेकै छ। संस्कार संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा डोहोर्याउने माध्याम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ ।

मनुस्मृतिमा भनिएको पनि छ – जन्मना जायते शूऽ संस्काराद् द्विज उच्यते । वेद–पाठात् भवेत् विप्रः ब्रहृम जानाति ब्राहृमणः ।। अर्थात् जन्मदा सबै मानिस शूद्र हुन्छन्, संस्कार गरेपछि द्विज हुन्छन्, नियमपूर्वक वेद पाठ गर्नेहरू विप्र हुन्छन् भने ब्रहृमवेत्ताहरू ब्राहृमण हुन्छन् । हुन त संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थी रूपमा प्रयोग गरिने चलन छ तर यिनमा फरक पनि उत्तिकै छ । संस्कार शब्दले पूर्ण गराइएको, तरासिएको, परिष्कार गरिएको वा सफा गरिएको भन्ने अर्थ बोध गराउँछ । जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरेपछि खिया नगाग्ने स्टील बन्छ । हीरा र मणिलाई तरासिएपछि चमक आउँछ । मानिसमा पनि संस्कारले त्यस्तै गुण आउँछ भन्ने विश्वास संस्कार दर्शनको छ ।

विश्वका प्रायः सबै सभ्य संस्कृतिमा विविध संस्कारहरू पाइन्छन् । यी सबैको उद्देश्य मानिसलाई प्रतिभावान, अनुशासित र असल सामाजिक नागरिक बनाउनु हो यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः तब कहाँनेर छ विवाद स् अस्वीकार गर्नुपर्ने ठाउँ ऋग्वेदमा भनिएको छ कि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्यभागी धर्म पाउँछ । यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ वास्तवमा समस्त विश्वको साझा विश्व धर्म बन्न वेदद्वारा निर्देशित गरिए अनुरुपको धर्ममात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत ट्रेडमार्कहरुमध्येबाट रोज्नु परेमा चाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फ हामी फर्कनुपर्ने हुन्छ । धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन ।

धर्मका नाममा लडाइँ मारकाट हिंसा शस्त्रास्त्रको उपयोग आदि–इत्यादि त राजनीति हो अर्थनीति हो स्– धर्मनीति होइन । कहिलेकाहिँ ती पनि आवश्यक पर्लान् स् तर तिनलाई नै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा ती बाट प्रायः पर रहनुपर्दछ । कर्म रीतिरीवाज विधि–विधान चालचलन प्रथा आदि जस्ता भौतिक क्रियाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरुलाई आफ्नो मतमा तान्न जेहाद र क्रुसेडहरु गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै–झगडा र मारकाट हुँदैन हिंसा हुँदैन ।

परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनः को भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति । धर्म मानवताको उच्चतम स्वरुप भएकाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ, हुनुपर्छ । तब कुटुम्ब–कुटुम्ब बीचमा पनि के को युद्ध । सावधान सनातन र हिन्दू अलग भनेर, खश र आर्य अलग भनेर, किँरात र युमा साम्यो अलग भनेर, मधेशी र दरभङ्गिया अलग भनेर नै हो अब पराइहरुले नेपालमा फुटाउने, लडाउने । पहिले खस आर्य र दलित अलग लेखेर, मधेशी र पहाडी भन्ने विपरित पार्न प्रयास गरेर, आदिवासी जनजाति र अन्यको कित्ताकाट घुसाएर आपसमा फुटाउने, लडाउने प्रयास गरे । केही सफलता पाए । अब झन् सघन बनाउँदै छन् कित्ताकाट, फुट, झगडा । हामी एकताको सूत्रमा आबद्ध रहौँ ।

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...

नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर

नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार...

वि.सं.२०८२ मंसिर १७ बुधवार २१:१४

  काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक...

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको उत्साहजनक उपस्थिति (तस्बिरहरू)

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको...

वि.सं.२०८२ मंसिर ३ बुधवार २३:०३

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज...