एनएमबि बैंकको ओम्नि च्यानल प्रयोग गरी नयाँ बर्षमा पैसा पठाउँदा निःशुल्क
Saturday Apr 17, 2021
वि.सं.२०७८ वैशाख ४ शनिवार १०:१४

काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्निच्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहकवर्ग सँगै मनाउन बैंकले नय“ा बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।
प्रत्येक महिनाको पहिलो हप्ता हाम्रा ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने हुन्छ, त्यसैले एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई ओम्निच्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ ।
विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग सेवा राष्ट्रब्यापी रुपमा डिजीटल बनाउने अभियानमा एनएमबि बैअग्रसर हँुदै समुदाय स्तरमा सर्वसाधारण सबैमा मुलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याउदै लगेको छ ।
बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरु संग सहकार्य गदै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount अयगलत सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
























