CG Electronics
IME Life
NIMB

एक करोड धरौटी बुझाएर छुटे नक्कली कम्पनीका मालिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

गैरकानुनी रूपमा अन्य ब्रान्डका सुर्तीजन्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्।

गैरकानुनी कारोबार गर्ने भारतीय नागरिक जयानन्द प्रसाद चौरसिया र मुनीलाल चौरसिया र नेपाली नागरिक सन्तोष भट्ट धरौटीमा रिहा भएका हुन्। गत शुक्रबार एक करोड धरौटी रकम तिरेर उनीहरु रिहा भएका हुन्।

 

राजस्व कार्यालयको आदेश अनुसार उनीहरू छुटेको महानगरीय प्रहरी वृत्तका प्रमुख डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए। ‘राजस्व कार्यालयको आदेश आएपछि हामीले छोडेका हौँ।’ डिएसपी कोइरालाले भने।

 

प्रहरीले तीन करोड मूल्यभन्दा बढीको सुर्तीजन्य पदार्थ र मेसिन उपकरणसमेत बरामद गरेको थियो। उनीहरूले तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा जग्गा भाडामा लिई शुभकामना सुर्ती उद्योग खोलेका थिए।

उनीहरुले नेपाली र भारतीय विभिन्न ब्रान्डका पराग, सुपर लाइट, सुर्ती लगायतका पदार्थ उत्पादन गरेको भेटिएको थियो। सुर्तीजन्य पदार्थ बिक्री गर्न लैजाने अवस्थामा प्रहरीले सामान बरामद गरेसँगै उनीहरूको नक्कली ठगीको धन्दा खुलेको थियो।

 

भदौ ७ गते जयानन्द र मुनीलाललाई प्रहरीले पक्राउ गरेको थियो। भट्टले भने राजस्व अनुसन्धान कार्यालयमा आत्मसमर्पण गरेका थिए।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...