CG Electronics
IME Life
NIMB

बीमा समितिमा लाइसेन्सका लागि काठमाडौं रि इन्स्योरेन्सले दियो निवेदन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । बीमा समितिमा नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि काठमाडौं रि इन्स्योरेन्सले आवेदन निवेदन दिएको छ । कम्पनीले गोप्य शिलबन्दी प्रस्ताव सहित समितिमा दर्ता गरेको हो ।

बीमा समितिले निर्देशन गरेको पछिल्लो क्राइटेरियाका आधारमा कम्पनी दर्ता गरिएको हुँदा लगानीकर्ताको विवरण भने सार्वजनिक गरिएको छैन ।

बीमा समितिका अनुसार काठमाडौंले आज विहान कार्यालय खुल्ने वित्तिकै समितिमा दर्ता गराएको छ । तर उक्त कम्पनीको विवरण भने गोप्य राखिएको छ । समितिले पनि बैशाख ६ गते पछि मात्रै खोल्न पाउने छ ।

साथै प्रस्तावकले पनि जेठ ५ गतेसम्म आफ्नो विवरण गोप्य राख्ने छन् । समितिले जेठ ५ गतेसम्म नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । गत शुक्रवार प्रुडेन्सियल रि इनस्योरेन्स कम्पनीले निवेदन दिएको थियो ।

प्रस्तावकहरु सँग शिलबन्दी प्रस्ताव आह्वान गरिएको छ । समितिले निजी क्षेत्रबाट थप एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिदै छ । समितिले प्रस्ताव पेश गर्ने कम्पनीहरुको मुल्याङ्कन गरेर जुन राम्रो देखिन्छ त्यसैलाई लाइसेन्स दिने तयारी गरेको छ ।

यसले दर्ता गरेका कुनै पनि कम्पनीले आफ्नो विवरण अहिले नै सार्वजनिक गर्न पाउदैनन् । चुक्ता पूँजी, प्रमुख शेयरधनी, रणनीतिक योजना लगायतका कुराहरु अहिले नै सार्वजनिक गर्दा दर्ताको प्रकृयाँमा रहेका कम्पनीले अन्य कम्पनीको भन्दा राम्रो प्रस्तावना बनाउन सक्ने हुनाले पनि कुनै पनि कम्पनीले आफ्नो विवरण सार्वजनिक गरेका छैनन् ।

बीमा समितिले यस भन्दा अगाडि नेपालमा पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन तथा नेपाली बजारलाई हेरेर एउटा प्रतिस्पर्धी कम्पनी मात्रै खुल्न दिने समितिले तयारी गरेको हो ।

तयारीमा रहेका कतिपय संस्थापकहरुले पनि नेपालले तीन चार वटा पुनर्बीमा कम्पनी धान्न सक्ने भन्दै आइरहेका छन् । लगानी गर्छु भन्दै आइरहेको अवस्थामा सरकारले रोक्न नहुने उनिहरुको तर्छ । अर्को तर्फ पैसा छ भन्दैमा जति पनि कम्पनी खोल्न दिन नहुने बीमा समितिको राय रहेको छ ।

नयाँ पुनर्बीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तिमा १० अर्ब रुपैयाँ हुनु पर्नेछ । समितिले यस अघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेका लगानीकर्ता भएको प्रस्तावकलाई लाइसेन्स नदिने बताउदै आएको छ ।

रितपुर्वक पेस नगरिएको, म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्तावहरु उपर कुनै कारबाही नहुने बीमा समितिले जनाएको छ ।

प्रस्तावकले पेस गरेका प्रस्तावहरु मध्ये बीमा समितिबाट तयार हुने मूल्यांकलनका आधारमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्रै छनोट गर्नेछ । समितिले यस अगाडि दर्ता भएका सबै प्रस्तावहरुलाई रद्द गरिदिएको छ । हाल बजार हल्ला अनुसार ५ वटा कम्पनीले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि आवस्यक प्रकृयाँ अगाडि बढाएका छन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...