CG Electronics
IME Life
NIMB

प्रचण्डको आडमा खानेपानी बोर्डका लेखाप्रमुख ढकाललाई करोडौँ कमिसन कुम्ल्याएको भन्दै अख्तियारमा उजुरी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं  । काठमाडौं उपत्यका खानेपानी वोर्डका लेखा प्रमुख रामचन्द्र ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि झिकाउने भएको छ । उजुरी ढकालले भ्रष्टचार गरेको भन्दै गत जेठ १८ गते अख्तियारमा उजुरी दर्ता भएको थियो । उजुरीमा करोडौँ रुपैयाँबराबर भ्रष्टाचार गरेको उल्लेख छ ।

उजुरीमा ढकालले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालीन खानेपानीमन्त्री वीना मगरसँगको ‘सेटिङ’ मा भ्रष्टचार गरेको उल्लेख छ । अख्तियार स्रोतका अनुसार, उजुरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सञ्चालक समितिकै कर्मचारीहरुले उजुरी दर्ता गरेका हुन् ।

आफूहरु आउनसक्ने बताउँदै १० जनाले आफ्नो सम्पर्क नम्बर र नाम पनि उजुरीका साथ बुझाएका छन्। ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा–प्रमुख रामचन्द्र ढकालले सेवाग्राहीहरुसँग कुल भुक्तानी रकमबाट चेकमा कारोबार गर्दा अनधिकृत रुपमा २० देखि ३० प्रतिशतसम्म रकम घूसबापत लिँदै आएका छन्’, उजुरीमा उल्लेख छ, ‘घूसबापत प्राप्त रकमबाटै रामचन्द्र ढकालले काठमाडौंको शंखमूलमा घर बनाएको र विभिन्न वितीय संस्थाहरुमा वचत गरिरहेको जानकारी पनि गराउन चाहन्छौँ ।’ अवैध रुपमा आर्जन गरेको पैसाले ढकालले विलासी जीवन व्यतित गर्दै मात्र आइरहेका छैनन्, विभिन्न समयमा आफूले रचना गरेको गीतहरुको गीति सँगालोहरु पनि निकाल्दै आइरहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै उजुरीमा लेखिएको छ, ‘माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग निकट रहेका उनी प्रचण्डको बुहारी वीना मगर खानेपानीमन्त्री रहेका बेलामा उनीसँगकै सेटिङमा लेखाप्रमुख रामचन्द्र ढकालले करोडौँ घूस उठाएर केही प्रतिशत आफूलाई राखेर मन्त्री वीना मगरलाई दिँदै आएका थिए ।

दुई पृष्ठलामो उजुरीमा भनिएको छ, ‘सरकारको कर्मचारी भएर पनि आफूलाई साहित्यकार तथा गीतकारको रुपमा उभ्याएर पैसामा पुरस्कारहरु खरिद गरेर सम्मानित समेत हुँदै आएका लेखा प्रमुख रामचन्द्र ढकालले आफ्नो अख्तियार दुरुपयोग गर्दै शक्ति केन्द्रहरुलाई प्रभावमा पारेर ठूला–ठूला ठेक्का–पट्टाको भुक्तानीमा घूसबापत मोटो रकम लिँदै आइरहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनीमाथि यथाशीघ्र छानबीन र अनुसन्धान गरी कानूनी कार्यवाहीको दायरामा ल्याउन हामी काठमाडौं उपत्यका खानेपानी बोर्डका देशभकत कर्मचारीहरु विशेष अनुरोध गर्दछौँ ।’ ढकालले भ्रष्टाचार गरेको सबुत तथा प्रमाणहरुको विवरण पनि अख्तियारमा पेश गरिएको निवेदनसँगै संलग्न गरिएको छ ।

१-लेखा–प्रमुख रामचन्द्र ढकालले सेवाग्राहीहरुसँग कमिशन ‘बार्गेनिङ’ गर्दा मोबाइलमा रेकर्ड गरिएको भ्वाइस क्लिप भएको सामसुङ कम्पनीको ३६ जीबीको १ थान मेमोरी कार्ड । २- लेखा–प्रमुख रामचन्द्र ढकालले काठमाडौंको शंखमूलमा बनाएको घरको ४ह६ इञ्चको रङ्गीन तस्बिर ।

३- लेखाप्रमुख रामचन्द्र ढकालले लिदै आएको घूस रिसवतको प्रत्यक्ष दर्शी अख्तियारले बोलाएको समयमा बयान दिन हाजिर हुनसक्ने काठमाडौं उपत्यका खानेपानी बोर्डका १० कर्मचारीहरुको नाम र सम्पर्क नम्बरको सूची भएको एक पृष्ठ कागज । उजुरीकर्ताहरुले हामी देशभकत कर्मचारीले काठमाडौं उपत्यका खानेपानी बोर्डका लेखा–प्रमुख रामचन्द्र ढकालले रिसवत लिँदै आएको सबुत प्रमाण झूठा ठहरिएमा कानुनबमोजिम कार्यवाही भोगौँला सहुँला भनेर प्रतिबद्तासमेत जनाएका छन् । ढकालविरुद्ध अख्तियारमा परेको उजुरीको दर्ता नं. सी–०३५९०७ हो ।

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे...

वि.सं.२०८३ जेठ २० बुधवार ००:११

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...