CG Electronics
IME Life
NIMB

७ सहकारीबाट ४४ लाख नगद र ९ तोला सुन चोर्ने गजुरेललाई प्रहरीले लगायो सिस्नुपानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं  ।  काठमाडौंको विभिन्न सहकारी संस्थामा चोरी गर्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बेलकोट नगरपालिका ९ का २२ वर्षीय दिपक गजुरेल रहेका छन् । प्रहरी परिसर काठमाडौं र वृत्त सिंहदरबारबाट परिचालन भएको विशेष टोलीले काठमाडौंको गौशालाबाट गजुरेललाई पक्राउ गरेको हो । गौशलामा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गजुरेलले विभिन्न समयमा विभिन्न सहकारीबाट ४३ लाख ९७ हजार ३ सय २६ रुपैयाँ, ९ तोला सुन र १/१ थान मोबाइल तथा ल्यापटप चोरी गरेका छन् । प्रहरीले उनको साथबाट सिसा काट्ने मेसिन थान १ , मास्टर चावी थान – १ ,घटनामा प्रयोग भएका विभिन्न कपडाहरु र विभिन्न बैकको खातामा नगद जम्मा गरेको रसिदहरु वरामद भएको जनाएको छ । कहाँ कहाँबाट चोरेका थिए रकम ? १) मिति २०७७/१०/१५ गते का.जि बानेश्वर स्थित बेबिलोन उपभोक्ता सहकारी संस्था लि वाट ७,०२,६३६ ।- २) मिति २०७७/१०/२१ गते का.जि शंखमुल स्थित घर संसार उपभोक्ता सहकारी सस्थावाट २,२४,०९५ ।- ३) मिति २०७७/११/१३ गते राति का.जि गौशाला मित्रपार्क स्थित पन्च श्री वचत तथा ऋण सहकारी संस्थावाट १४,९८,४७०।- ४) मिति २०७७/११/१४ गते का.जि कोटेश्वर स्थित सिमश स्वामी वचत तथा ऋण सहकारी संस्थावाट रु २,००,००० ।- ५) मिति २०७७।१२। ४ गते बानेश्वर स्थित सन्दुक वचत तथा ऋण सहकारी संस्थावाट रु १०,१३,६२५ ।- ६) मिति २०७८।२।१३ गते मैतिदेवी स्थित जेष्ठ आइडोलोजी वचत तथा ऋण सहकारी संस्थावाट रु५,००,०००।- र १ मोवाईल र १ ल्यापटप । ७) मिति २०७८।०२।१३ गते मैतिदेवी स्थित गैथली वचत तथा ऋण सहकारी संस्थावाट रु २,५८,५०० ।- र ९ तोला सुनको गरगहना जम्मा – नगद -४३,९७,३२६ ।- ,९ तोला सुन र १ /१ थान मोवाइल र ल्यापटप

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...