CG Electronics
IME Life
NIMB

स्ट्याण्डर्ड चार्टर्ड बैंक र लक्ष्मी बैंकले तथा सिभिलले तिरे ७८ लाख जरिवाना,कुन-कुन बैंक कारबाहीमा परे ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही तथा जरिवाना तिराएको छ।

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरीत काम गरेको भन्दै विदेशी लगानीको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकदेखि सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक कारबाहीमा परेका हुन्। नेपाल राष्ट्र बैंकले दोस्रो र तेस्रो त्रैमासिकमा गरेको स्थलगत अनुगमनका क्रममा नीति निर्देशन विपरीत कारोबार गरेको भेटिएपछि सञ्चालकहरुसमेत कारवाहीमा परेका हुन्।

केन्द्रीय बैंकका अनुसार सञ्चालक वा निजका एकाघर परिवारका सदस्यले १० प्रतिशतभन्दा बढी सेयर लिएको फर्म, कम्पनीलाई र संस्थालाई कर्जा सापटी÷गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज लगाए  बैंकबीच कारोबार भएको भेटिएको थियो।

त्यस्तै राष्ट्र बैंकले सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिएको छ। बैंकका ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको भेटिएपछि बैंकका अध्यक्ष तामाङ नसिहतमा परेका हुन्। त्यस्तै बैंकलाई सम्पति शुद्दिकरणसम्बन्धी ऐन तथा निर्देशनका व्यवस्थाहरु पालान नगरेको भन्दै १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ।

राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ मा सञ्चालक निजको वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुनु नहुने निर्देशन पालना नगरेकाले उनलाई राष्ट्र बैंक ऐनको प्रावधान अनुसार कारवाही गरिएको जनाएको छ।

राष्ट्र बैंकले पहिलो र दोस्रो त्रैमासमा चार बाणिज्य बैंकलाई कारवाही गरेको थियो। यस अवधिमा लक्ष्मी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक कारवाहीमा परेका थिए।

यस अवधिमा प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेको पाइएपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ हर्जना तिराएको थियो।

यसैगरी कर्जा, पुर्नकर्जा र सहूलियत कर्जा प्रदान गर्दा तोकिएको प्रक्रिया पुरा नगरेको भन्दै स्ट्यान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सचेत गराएको हो।

यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन पालना नगरेको भन्दै लक्ष्मी बैंकलाई समेत २० लाख रुपैयाँ जरिवाना गराएको राष्ट्र बैंकले जनाएको छ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...