CG Electronics
IME Life
NIMB

जिफन्टले भन्यो-सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा आफूहरूले खाइपाइ आएको सुविधा घट्दैन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा आफूहरूले खाइपाइ आएको सुविधा घट्छ भन्ने बैंकिङ क्षेत्रका कर्मचारीको दाबीलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले खण्डन गर्दै बैंक व्यवस्थापनले कर्मचारीमा भ्रम छरिदिएको बताएको छ ।

खाइपाइ आएको सुविधा घटाउन नपाउने गरी कानुनी व्यवस्था गरेर मात्र कोष कार्यान्वयनमा आएको जिफन्टको भनाइ छ ।

सनराइज र ग्लोबल आईएमई बैंकमा काम गर्ने कर्मचारीको मृत्यु भएपछि नियमानुसार क्षतिपूर्ति दिन कोषले पत्र पठाएपछि त्यसविरुद्ध बैंकहरू एकजुट भई कर्मचारीहरूलाई कोषविरुद्ध गलत सूचना दिइएको जिफन्टको दाबी छ । ‘अहिले आन्दोलन गर्नुपर्ने कारण नै थिएन । जब रोजगारदाताले बेइमान गर्‍यो, हामीले कारबाही गर्न दबाब दियौं,’ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘कोषमा जाँदा खाइपाई आएको सुविधा घट्छ भनेर व्यवस्थापनले कर्मचारीलाई भ्रममा पर्ने काम गरे । त्यही भुलभुलैयामा कर्मचारी परे ।’

बैंकिङ क्षेत्रमा आबद्ध केही युनियन १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । यसअघि कोषले पनि खाइपाइ आएको सुविधा कटौती गर्न नपाइने जनाएको थियो । ‘श्रम ऐनको दफा ५२ र ५३ ले प्रदान गरेको सञ्चय कोष र उपदानलाई कोषमै जम्मा गर्नुपर्ने व्यवस्था छ । श्रम ऐनको दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले खाइपाई आएको घटाउन मिल्दैन,’ उनले भने ।

श्रम ऐनमा व्यवस्था गरेभन्दा बढी उपदान दिइराखेका संस्थाले थप उपदान श्रमिकले नै पाउने गरी आवश्यक व्यवस्था गर्नुपर्ने गरी श्रम नियमावली २०७५ को नियम २३ को उपनियम ४ ले समेत स्पष्ट गरेको जिफन्टले बताएको छ ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...