CG Electronics
IME Life
NIMB

चारवटै महानगरपालिकामा एमालेको अग्रता

NIMB
Himalayan Bank

मंगलबार बेलुकासम्म आएको परिणाम अनुसार चारवटै महानगरपालिकामा एमालेले अग्रता लिएको छ । दिउँसो पछि परेको एमालेले काठमाडौँ महानगरपालिकामा पनि साँझदेखि अग्रता लिन सफल भएको हो । 

काठमाडौँमा एमालेका विद्यासुन्दर शाक्यले ६२५ मतसहित अग्रता लिएका छन् । त्यसैगरी उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले ५९४ मत ल्याएका छन् । 

तेस्रो नम्बरमा रहेका साझा पार्टीका किशोर थापाले २३३ मत ल्याउँदा विवेकशील नेपालीकी रञ्जु दर्शनाले २२३ मत ल्याउन सफल भएकी छन् । 

उपमेयर पदमा भने काठमाडौँमा कांग्रेसले अग्रता लिएको छ । जहाँ कांग्रेसका उम्मेदवारको मत ४६० छ भने राप्रपाका उम्मेदवार ३४० मतसहित पछ्याउँदैछन् । 

 

ललितपुरमा पनि एमाले अगाडि

त्यसैगरी ललितपुर महानगरमा पनि एमालेले अग्रता लिएको छ । दिउँसो त्यहाँ पनि कांग्रेसले अग्रता लिएको थियो ।

पछिल्लो मतपरिणामअनुसार एमालेका हरिकृष्ण व्यञ्जनकारले ४८११ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका चिरीबाबु महर्जनले ४७२२ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका दिपेश महर्जनले १०७७ मत ल्याएका छन् ।

उपमेयरतर्फ कांग्रेसकी गीता सत्यालले ३७१० मत ल्याएकी छन् । यस्तै राप्रपाका बाबुकाजी थापाको केबल २१११ मत छ । ललितपुरमा एमाले-राप्रपाबीच तालमेल थियो । तर एमालेका मतदाताले राप्रपाका उम्मेदवारलाई भोट नहालेको देखिएको छ ।

यस्तै उपमेयरमै माओवादी केन्द्रकी हसिना शाक्यले १३१६ मत ल्याएकी छिन् ।

चितवनमा ज्ञवालीको अग्रता

चितवनको भरतपुर महानगरपालिकामा फेरि माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परिरहेकी छन् । सुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएको अवस्थामा केही समय कांग्रेसकी समेत उम्मेदवार रेणु दाहालले अग्रता लिएकी थिइन् ।

तर म‌ंगलबार साँझसम्मको परिणाममा एमाले उम्मेद्वार ज्ञवाली अगाडि आएका हुन् । उनले १ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले ९८७ र राप्रपाका बद्री तिमिल्सिनाले ९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाहले एक हजार १८७ मत पाएकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले एक हजार १०८ मत प्राप्त गरेकी छन् । राप्रपाकी रिना गुरुङले १०८ मत पाएकी छन् ।

भरतपुर महानगरपालिकाको वडा नं. १ बाट गणना थालिएकोमा आज दिउँसोबाट वडा नं. २ को समेत मतगणना सुरु गरिएको छ । हालसम्म प्राप्त नतिजा वडा नं. १ को हो ।

सो वडामा वडा अध्यक्ष र सदस्यमा नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । भरतपुर महानगरपालिकामा एक लाख १२ हजार सातसय मत खसेको छ ।

पोखरामा पनि एमालेकै अग्रता

पोखरा लेखनाथमा पनि कांग्रेस-माओवादी गठबन्धनलाई पछि पार्दै एमालेका मानबहादुर जिसीले निरन्तर अग्रता बनाइरहेका छन् ।

पोखरा मनपा ३ मा जिसीले नेपाली काग्रेसका उमेद्वार रामजी कुवँरले भन्दा ३ सय मत गणना गर्दा १५ मतले अग्रता लिएका छन् ।

वडा नम्बर ३ कांग्रेसको गढका रुपमा लिइन्छ । जिसिले अहिलेसम्म ३२ सय ५६ मत प्राप्त गरेका छन् भने कुवँरले २६ सय २७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेसकी उपमेयरकी उमेद्वार सरस्वती गुरुङले २५ सय ६३ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङको ३१ सय ५४ मत प्राप्त गरेकी छन् ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...