प्रभु लाइफ इन्स्योरेन्सका नयाँ २ उपशाखा
Sunday Sep 30, 2018
वि.सं.२०७५ असोज १४ आइतवार १३:५२

काठमाडौ । प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले २ नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटा र अछाममा दुईवटा शाखा सञ्चालनमा ल्याएको हो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले धनकुटा उपशाखा तथा अछाम जिल्ला समन्वय समितिका कार्यबाहक संयोजक टोपबहादुर रावलले अछाम उपशाखा कार्यालयको उद्घाटन गरेका थिए । दुवै शाखा एकैदिन सञ्चालनमा ल्याइएको हो ।
प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको प्रभु लाइफले बिमा बजारलाई ग्रामीण तहसम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ ।
दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने जनाएको छ ।























