IME Life
NIMB

नेतृत्व नसच्चिए जागरण अभियान, अध्यक्ष फर्किएपछि समाधान

NIMB
Himalayan Bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरूले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निष्कर्ष निकालेका छन् । ‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्नेभन्दा पनि एकलौटी तरिकाले अघि बढ्न खोजेको देखियो,’

भेलाको संयोजनकर्तामध्येका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘नेतृत्व सच्चिएन भने देशभर सर्वसत्तावादी चरित्रविरुद्ध कार्यकर्ताहरूलाई सचेत र संगठित गर्नेे, सचिवालय र स्थायी समितिमा रहनुभएका नेताहरूलाई अडानका साथ बैठकमा प्रस्तुत हुन दबाब दिने, देशभर भ्रष्टाचार, कुशासनविरुद्ध आमजागरण पैदा गर्ने निष्कर्षमा पुगेका छौँ ।’

नेता नेपालले स्थायी समिति सदस्यहरूका लागि चियापान गरेलगत्तै शुक्रबार उपलब्ध केन्द्रीय सदस्यहरूको भेला भएको थियो । भेलामा नेपालसहित उनीनिकट स्थायी समिति सदस्य भने सहभागी थिएनन् ।

भेलामा उपलब्ध ५० केन्द्रीय सदस्य सहभागी थिए । उनीहरूले नेपालको पहलमा शुक्रबार सम्पन्न चियापानको सन्देश, त्यसले पार्टी पंक्तिमा पारेको प्रभावका साथै पार्टी एकताका सन्दर्भमा केन्द्रीय सचिवालयबाट भएको पछिल्लो निर्णयमा केन्द्रित रहेर छलफल गरेका थिए ।

भेलामा खतिवडासहित राजेन्द्रप्रसाद पाण्डे, डा. विजय पौडेल, विरोध खतिवडा, गंगालाल तुलाधर, ठाकुर गैरे, मेटमणि चौधरी, जयन्ती राई, ममता गिरी, सीता गिरी, गरिमा शाह, निरज आचार्यलगायत सहभागी रहेको स्रोतले जनाएको छ ।

भेलामा सहभागी अर्का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीमा गतिहीनता देखिएकाले विधि, प्रक्रिया र मापदण्डअनुसार छिटो एकता प्रक्रिया टुंग्याउन र पार्टीलाई विधिसम्मत सञ्चालनका लागि नेतृत्वलाई दबाब दिनुपर्ने परिस्थिति विकसित भएकाले छलफल आयोजना गरिएको प्रस्ट्याए ।

‘विधि, प्रक्रिया र मापदण्डअनुसार पार्टी एकता छिटो सम्पन्न नहुँदा पार्टीमा गतिहीनता देखियो, सरकारको कामलाई पनि थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएकाले हामीले नेतृत्वलाई कसरी झकझक्याउने भनेर छलफल गरेका हौँ’ विरोधले भने,‘मुख्य कुरा पार्टी विधानसम्मत ढंगले सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालित हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

ओलीनिकट राजन भट्टराई भन्छन् अध्यक्ष फर्किएपछि समाधान

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीनिकट नेता डा. राजन भट्टराईले अहिले राजावादीहरू र कांग्रेसले एउटै समयमा सरकारविरुद्ध अभियान चलाउन खोजिरहेका वेला पार्टीभित्र उठेका जुनसुकै विषयमा छिटो समाधान खोजिने बताएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड फर्किनेबित्तिकै वरिष्ठ नेता माधवकुमार नेपालले उठाएका कतिपय सवालमा छलफलमार्फत समाधान हुने भट्टराईले बताए ।

‘राजावादीहरूले वीरगन्ज र काठमाडौंमा केही दिनयता जुलुस निकाल्नेबित्तिकै कांग्रेस नेता रामचन्द्र पौडेलले अब कम्युनिस्ट सरकार ढल्दै छ भनेर भाषण गर्नुभयो, सरकारलाई असफल बनाउने र व्यवस्थै परिवर्तन गर्न सकिन्छ कि भन्ने प्रयास भइरहेका वेला माधव नेपालजत्तिको सम्मातिन नेताले उठाउनुभएका विषयमा हाम्रो स्तरबाट टिप्पणि गर्नु वाञ्छनीय हुँदैन’, भट्टराईले भने, ‘उहाँले जे कुरा राख्नु भए पनि अध्यक्षज्यूहरू फर्किएपछि उहाँहरू सबै बसेर पार्टीभित्रै छलफल गर्नुहुन्छ, छिटो समाधान खोज्नुहुन्छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...