नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २ अर्ब २९ करोड रुपैयाँ नाफा कमाए
Sunday Aug 15, 2021
वि.सं.२०७८ साउन ३१ आइतवार २२:५९

काठमाडौँ । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २ अर्ब २९ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो वित्तीय विवरण अनुसार बैंकको नाफा २ अर्ब माथि देखिएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्ष १ अर्ब २४ करोड ४८ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले ट्रेडिङबाट ६१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो आर्थिक वर्ष बैंकले २२ करोड ९० लाख आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ट्रेडिङ आम्दानी ३ गुणाले बढाएको छ । बैंकको ब्याज आम्दानी भने गत आवमा घटेको देखिन्छ ।
बैंकले आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने आर्थिक वर्ष २०७६/०७८ मा ७ अर्ब ४४ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।
बैंकको प्रति सेयर आम्दानी २५.४६ रुपैयाँ छ । गतवर्षको नाफाबाट बैंकले सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब ४७ करोड आम्दानी गरेको छ ।
९ अर्ब चुक्ता पूँजी रहेको बैंकले गतवर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । लेखापरिक्षण हुँदा यो रकम फरक पर्छ । असार मसान्तसम्म बैंक ८७ अर्ब १२ करोड रहेको छ भने कर्जा ६८ अर्ब ४८ करोड रहेको छ ।
























