एनएमबि बैंकले ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा दिने
Friday Aug 27, 2021
वि.सं.२०७८ भदौ ११ शुक्रवार २२:१७

काठमाडौं । एनएमबि बैंकले दोस्रो कार्यकालको लागी ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्ने भएको छ । जसको लागि बैंकले लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्ररकेन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिंग बैंक चयन गरेको हो । केन्द्रले “क” वर्गको इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाको लागि आव्हान गरेको थियो ।
बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा कार्य गर्दै आईरहेको छ ।
एनएमबिले दीगो बैंकिङ्ग अन्तर्गत रहि देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोतहरुको उपयोग गर्ने र भारतबाट बिजुली र जीवषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको छ । बैंकले हालसालै अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा सिद्धान्तहरुको आधारमा आफ्नो हरित कर्जा कार्यविधी र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर बनाएको छ ।
उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘एनएमबिले दोस्रो कार्यकालमा समेत नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान, कर्जा लगायत भायाविलिटि ग्याप फन्डिङ्गमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र अन्तर्गत रहेको केन्द्रीय नवीकरणीय कोषलाई स्तरीय ह्याण्डलिङ्ग बैंक सेवाहरु प्रदान गर्नेछ । यस सम्झौताले समग्र नविकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय संसाधनहरुमा पहूँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि मद्दत गर्ने विश्वास राखेका छौं । साथै यो सम्झौता बैंकको हरित कर्जा पोर्टफोलियोको वृद्धिमा कोषेढुङ्गा सावित हुुनेछ ।’
बैंकले देशैभरी रहेका १८१ शाखाहरु, १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत अत्याधुनिक एवं उच्चस्तरीय बैंकिङ्ग सेवाहरु प्रदान गदै आइरहेको छ ।

























