CG Electronics
IME Life
NIMB

आईपीओ जारी गर्न अनुमती पाएको एलआईसीले १ लाख करोड कित्ता आईपीओ कहिले गर्छ निष्कासन ?

NIMB
Himalayan Bank

बहुप्रतिक्षित कम्पनी एलआईसीले आईपीओ जारी गर्न अनुमती पाएको छ । भारतीय जीवन बीमा निगम (एलआईसी) ले लामो कोशिसपछि आईपीओ जारी गर्न अनुमति पाएको छ ।

हालैमात्र भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीलाई आईपीओ ल्याउन केन्द्रीय मन्त्रिपरिषद्ले अनुमति दिएको हो । यद्यपि उक्त कम्पनीको १ लाख करोड कित्ता आईपीओ कहिले आउने हो भन्ने बारेमा मिति भने तय भएको छैन ।

आईपीओ जारी गर्न स्वीकृति पाएपनि अब केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको कमिटीले कम्पनीको आईपीओको आकार र मूल्यको बारेमा थप निर्णय लिने समाचार भारतीय सञ्चारमाध्यमहरुले छापेका छन् । साथै उक्त कमिटीले आईपीओ जारी गर्ने मिति पनि तय गर्ने छ । भारत सरकारको उक्त कम्पनीमा शतप्रतिशत लगानी रहेको छ।

यो आईपीओ भारतीय कर्पोरेट इतिहासको सबैभन्दा ठूलो आईपीओ हुने पनि बताइएको छ। समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै बताएअनुसार कम्पनीको आईपीओको प्रत्याभुतिकर्तामा गोल्डम्यान श्याख्स, जेपी मोर्गन, आईसीआई सिक्योरिटीज, कोटक महिन्द्रा क्यापिटल, जेएम फाइनान्सियल, सिटी ग्रुप, नोमुरा होल्डिंग्ससमेत १० ओटा बैंकर्सलाई छनौट गरिएको छ ।

तर कतिपयले उक्त कम्पनीको आईपीओ सन् २०२२ को अन्त्यसम्ममा आउन सक्ने बताएका छन् । आईपीओको आकारको अधिकतम १० प्रतिशत पोलिसी होल्डर्सको लागि पनि सुरक्षित राखिने बताइएको छ । कम्पनीले दुई पटक गरेर आईपीओ जारी गर्ने योजना बनाइरहेको छ ।

सरकारले प्रस्तावित आईपीओको लागि आवश्यक पर्ने कानूनहरु पनि संशोधन गरिसकेको छ ।उक्त कम्पनीको भारतमा मात्रै २८ दशमलव ८ करोड पोलिसी होल्डर्स रहेका छन् ।कम्पनीले जारी गर्न लागेको उक्त आईपीओबाट खासगरी पोलिसी होल्डर्सले निक्कै लाभ उठाउन सक्ने बताइएको छ । उक्त कम्पनीले नेपालमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशननेपाल लिमिटेडको नामबाट बीमा सम्वन्धि कारोबार गरिरहेको छ ।

भारतीय जीवन बीमा निगम एलआईसी को लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...