IME Life
NIMB

सर्वोच्चको आदेशपछि तुलसी गौतमले सञ्चय कोष प्रशासकको जिम्मेवारी सम्हाले

NIMB
Himalayan Bank

सर्वोच्च अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले मंगलवारदेखि फेरि जिम्मेवारी सम्हालेका छन् ।

पुल्चोकस्थित सञ्चय कोषको कार्यालयमा पुगेर गौतमले दिउँसो जिम्मेवारी सम्हालेका हुन् । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भदौ १७ गते गौतमलाई हटाउने निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो ।

‘मैले राम्रो काम गर्दागर्दै सरकारले हटाएको थियो, सर्वोच्च अदालतबाट न्याय पाएर पुनः आएको छु,’ गौतमले कार्यभार सम्हाल्दै भने, ‘नियुक्तिको समयमा सरकारसँग गरेको प्रतिबद्धताअनुसार कार्ययोजना अगाडि बढाउँछु ।’ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई कोषको प्रमुख प्रशासकबाट हटाउने निर्णय गरेको थियो ।

सरकारको निर्णयविरुद्ध गौतमले भदौ ११ गते सर्वोच्चका रिट दायर गरेका थिए । गौतमलाई सरकारले २०७५ वैशाख ४ मा पाँच वर्षका लागि कोषको प्रशासक नियुक्त गरेको थियो । लामो समय निजामती प्रशासनमा बिताएका गौतम अनुभवी प्रशासक मानिन्छन् ।

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय गाडी बजारमा बढ्दै चर्चा

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४०

  काठमाडौं । नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै चेरी...