CG Electronics
IME Life
NIMB

पूर्वएआईजी नै नेटवर्किङ धन्दामा, पूर्वएआईजीको सहित यी ५ कम्पनीका कागजात विभागले गर्यो जफत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेटवर्किङ कारोबार गरिरहेका थप ५ कम्पनीको कागजात जफत गरेको छ । विभागको अनुसन्धान टोलीले आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर माटर्स इन्टरप्राइजेज प्रालि, यु टर्न इन्टरनेसनल प्रालि, अपि लाइफ इन्टरनेसनल प्रालि र केयर नेसन इन्टरनेसनल प्रालिको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

कम्पनीहरूले बिक्री गरेका वस्तुको खाता, बैंक स्टेटमेन्ट, बिक्री गर्न तयार राखिएका केही नमुनासमेत जफत गरिएको विभागले जनाएको छ । यसअघि विभागले गत भदौ १७ मा नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि र ग्लोबल ओरियन्स प्रालिबाट पनि कागजात जफत गरेको थियो ।

‘इजाजत लिने क्रममा पेश गरिएका वस्तु, ती वस्तुहरूको मूल्य तल–माथि गरे/नगरेको हेर्दै छौं,’ विभागका एक अधिकारीले भने, ‘करलगायतका विषयमा पनि अध्ययन भइरहेको छ । सबै विश्लेषण गर्न दुई/तीन दिन लाग्न सक्छ ।’ तर यी कम्पनीलाई विभाग आफैंले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ कार्यान्वयन गरेको भन्दै पर्याप्त अध्ययनबिनै इजाजत दिएको थियो ।

विगतमा युनिटी, हर्बो, गोल्डक्वेस्टलगायतले विभिन्न प्रकृतिका नेटवर्किङ व्यवसायका माध्यमबाट सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । यी कम्पनीबाट ठगिएको भन्दै हजारौंले क्षतिपूर्तिवापत् ५ करोड रुपैयाँ माग्दै तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा मागदाबी गरेका थिए । नेटवर्किङ कम्पनीको पुँजीभन्दा क्षतिपूर्ति मागदाबी बढी भएपछि यससम्बन्धी उजुरी नै गुपचुप पारिएको छ । फेरि तिनै कम्पनीहरूमा संलग्न व्यक्तिले नै आफ्नो वा परिवारका नामबाट नयाँ कम्पनी दर्ताको निवेदन दिएका थिए । तर त्यसको छानबिनबिनै इजाजत दिइएको यसअघि नै खुलिसकेको छ ।

इजाजत पाएका यस्ता कम्पनीमा विगतमा नेटवर्किङ धन्दामा संलग्न व्यक्ति रहेको आलोचनापछि संसदीय समितिले यसमा चासो देखाएको थियो । समितिले नियमावली संशोधनसहित १८ सुझाव सिफारिस गरेको थियो । तर इजाजत पाएका कम्पनीहरू विगतमा नेटवर्किङ धन्दामा संलग्न भए/नभएको अध्ययन भएन । पछिल्लो समय विभागको जिम्मेवारी प्रकाश पौडेलले सम्हालेपछि अनुसन्धान सुरु भएको छ । विभागका अनुसार हालसम्म कागजात जफत गरिएका ९ कम्पनीमध्ये केहीले बिक्री मूल्य उपलब्ध गराए पनि खरिद मूल्य दिएका छैनन् । ती कम्पनीहरूलाई बिहीबार उपलब्ध गराउन टेलिफोनमार्फत जानकारी गराइने विभागका एक उच्च अधिकारीले बताए । अवज्ञा गरे २/३ दिनभित्रै उपलब्ध गराउन पत्रचारसमेत गरिने उनको भनाइ छ ।

अनुसन्धान टोलीले बुधबार आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालिबाट कागजात नियन्त्रणमा लिएको हो । आइबोसमा ३ जना सञ्चालक छन् । विगतमा ग्रिन बुटी ब्रान्डको नाममा कारोबार गरेका राज दंगालले श्रीमती सरिता गुनीको नाममा आइबोस ग्लोबल इन्टरनेसनलको इजाजत लिएका छन् । दंगाल करिब ५ वर्षअघि गैरकानुनी नेटवर्किङ व्यवसायमा आवद्ध रहेको भन्दै पक्राउ परेका थिए । प्रहरी सेवाबाट अवकाश पाएपछि सञ्चालकको रुपमा हेमन्तबहादुर पाल पनि आइबोसमा देखिएका छन् । उनी पूर्वएआईजी हुन् । आइबोसका अर्का सञ्चालक श्रीबल्लभ नेपाल हुन् । उनले हर्बोमा रहँदा सबैभन्दा बढी ग्राहक ठगी गरेको स्रोतको दाबी छ ।

यसैगरी, कागजात जफत गरिएको अर्को कम्पनी केयर मार्ट्स इन्टरप्राइजेजमा ४ जना सञ्चालक छन् । जसमा पासाङ लामा, सरला लामा, दिनेशप्रसाद अधिकारी र दलबहादुर सारु छन् । सञ्चालक पासाङ लामा पुरानै कम्पनीमा काम गरिरहेका नेटवर्क लिडर हुन् । यु टर्न इन्टरनेसनल प्रालिमा सञ्चालक बलराम सुवेदी, सुवास केसी र अर्जुन गिरी छन् । ईएमआई (नेटवर्क) भनिने पुरानै कम्पनीको टिमले नै यु टर्नको नाममा नयाँ कम्पनी दर्ता गरेको हो । अपि लाइफ इन्टरनेसनल प्रालिका सञ्चालकमा रामबहादुर बिसी, उपबहादुर पाइजा पुन, लेपबहादुर पुर्जा पुन र सन्देश खड्का छन् ।

केयर नेसन इन्टरनेसनल प्रालिबाट पनि केही कागजात जफत गरिएको छ । जसका सञ्चालक बिनिता गुरुङ, रुद्रबहादुर न्यौपाने, फणीराज लोहनी, कैरव अधिकारी, खगेन्द्र दाहाल र विष्णुप्रसाद काफ्ले हुन् । स्रोतका अनुसार लोहनी युनिटीमा लिडर थिए । ‘प्रारम्भिक अनुसन्धानमा यी कम्पनीहरूमा राजनीतिक नेतादेखि प्रहरी र प्रशासनका पूर्वअधिकारी समेत रहेको पाइएको छ । अनुसन्धानमा सांसदहरूले समेत चासो दिएका छन् । यसरी कारबाही गरिदिनु भएन भन्दै बारम्बार फोनसमेत गरिरहेका छन्,’ विभागका एक उच्च अधिकारीले भने, ‘केही कम्पनीहरूले ऐनविपरीत काम गरेका छन् । प्रज्ञापनपत्र र सामग्रीको मूल्य हेर्दा कालोबजारी ऐन आकर्षित हुन्छ ।’

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...