CG Electronics
IME Life
NIMB

राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गरायो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। एक सातायताबाट राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको हो।

यसअघि राष्ट्र बैंकले नौरथा लागेपछि नोट उपलब्ध गराउने गर्थ्यो। पोहोर नोट नसाट्ने निर्णय गरेको थियो। यसपाली भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन थालेको हो।

बैंक तथा वित्तीय संस्थाले भने अहिले नयाँ नोट मौज्दात गरेर राखेका छन्। औपचारिक वितरण भने घटस्थापनादेखि गर्ने छन्। यद्यपी माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि उपलब्ध गराइरहेको छ।

राष्ट्र बैंकले यसपाली अधिकांस नोट नयाँ नै वितरण गरिदिएको छ। पोहोरपरार सुकिलो (एक/दुई पटक प्रयोग भएको) नोट पनि वितरण गरेको थियो।

राष्ट्र बैंकले बैंकहरुको एउटा शाखालाई कम्तिमा ५ करोड बराबरका दरले नयाँ नोट उपलब्ध गराएको छ। विकास बैंकहरुलाई ४ करोड र फाइनान्सलाई २ करोड बराबरको नोट उपलब्ध गराएको छ।

कोरोना संक्रमणका कारण यसपाली बेलैमा नयाँ नोट उपलब्ध गराइएको हो। सरकारले निषेधाज्ञा हटाए पनि कोरोना संक्रमण कायमै छ। यस्तोमा राष्ट्र बैंकले वितरण गर्ने र बैंकहरुले साट्ने समय उस्तै उस्तै पर्छ भनेर यसपाली बेलैमा ब्यवस्थापन गरिएको हो।

यसपाली राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाटै नयाँ नोट साट्ने छ। यसअघि राष्ट्र बैंकको थापाथली कार्यालयका साथै देशभरका क्षेत्रीय कार्यालयबाट पनि नोट सटही गर्ने गर्थ्यो। अब भने बैंक तथा वित्तीय संस्थाबाटै सटही गर्ने छ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको हो। बैंकहरुले प्रति ग्राहक १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने छन्।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...