CG Electronics
Ncell NPL
NIMB

कञ्चनपुर प्रकरणमा ‘गम्भीर लापवाही’ गर्ने दुई प्रहरी अधिकारी निलम्बित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं : प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा दुईजना घटनास्थल अनुसन्धान अधिकृतलाई निलम्बन गरेको छ।

१३ वर्षीया निर्मलाको शवको मुचुल्का उठाउँदा घटनास्थल अनुसन्धानको क्रममा गम्भीर लापरबाही गरेको पाइएकाले प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको प्रहरी मुख्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।

प्रहरी जवान चाँदनी साउद सोसल मिडियामा भाइरल भएको भिडियोमा निर्मलाको कपडा पानीमा चोपलेर पखाल्दै गरेको देखिएकी थिइन्।

विज्ञप्तिमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको भूमिका छानबिन गर्न गठित छानबिन समितिको सिफारिसमा निज प्रहरी अधिकारीहरूलाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्बन गरिएको उल्लेख छ।

नियमावलीको उक्त नियममा प्रहरी कर्मचारीलाई निलम्बन गर्नु पर्दाको अवस्थाबारे उल्लेख छ। उपनियम ६ क मा ‘निलम्बन नगरी ओहोदाको काम गर्न दिँदा झुट्टा प्रमाण सङ्कलन गर्न सक्ने वा आफू विरुद्धको सवुद प्रमाण गायब वा नष्ट गर्न सक्ने देखिएमा’ भन्ने उल्लेख छ।

यस्तै उपनियम ६ ग मा ‘कुनै प्रहरी कर्मचारीले गरेको कार्यको कारणले निजलाई निलम्बन नगरे सङ्गठन भित्रका कर्मचारीहरूमा नैराश्यता, उत्तेजना आउने वा जनमानसमा नकारात्मक असर पर्न सक्ने वा प्रहरी सङ्गठनकै प्रतिष्ठामा आँच आउने भएमा’ भन्ने उल्लेख छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको साउन १० गते निम्बुखेडामा बलात्कारपछि हत्या भएको थियो। उक्त प्रकरणमा यसअघि जिल्लाका एसपी डिल्लीराज विष्टसहित पाँचजना निलम्बनमा परिसकेका छन्।

आइतबार गृहमन्त्रालयले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले प्रहरीमाथि नै छानबिन गर्न सुझाएको छ।

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...