देशान्तरकर्मी गणेश रजौराको दुर्घटनामा ज्यान गुम्यो
Thursday Sep 30, 2021
वि.सं.२०७८ असोज १४ बिहीवार १८:२३
काठमाडौं । देशान्तरकर्मी गणेश रजौरा भारतीय गाडीको ठक्करका कारण मृत्यु भएको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको राधेराधे चोकमा सोमबार राती ९ बजे उनलाइ ठक्कर दिएको हो ।
प्रदेश ३०२/००८ प २५०१ नं . को मोटरसाइकलमा सवार रहेको बेला उनलाई आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको अनियन्त्रित गाडीले ठक्कर दिएको थियो ।
४५ वर्षीय गणेश रजौरा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ भक्तपुर बालकोटका हुन् । रजौरा २० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका थिए । मृतक रजौराप्रति यस आर्थिकप्लस डटकम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

























