CG Electronics
IME Life
NIMB

एग्रेसिभ रूपमा कर्जा विस्तारमा लागेका बैंकहरूले चाडपर्वको मुखमा कर्जा विस्तारको रफ्तार झनै बढाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

चालु आर्थिक वर्षको सुरुदेखि नै एग्रेसिभ रूपमा कर्जा विस्तारमा लागेका बैंकहरूले चाडपर्व नजिक आउँदा पनि कर्जा विस्तारको रफ्तार झनै बढेको छ । वाणिज्य बैंकहरूले पछिल्लो एक सातमा मात्रै ३९ अर्बले कर्जा विस्तार गरेको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाउँछ ।

चाडपर्व लक्षित आयातलाई फाइनान्स भइसकेको हुँदा असोजपछि कर्जा विस्तारको गति घट्ने अपेक्षा विपरीत पछिल्लो साता झनै चालु आर्थिक वर्ष लागेपछिकै उच्च कर्जा विस्तार भएको छ । तर, पछिल्लो साता कर्जासँगै निक्षेपमा पनि वृद्धि हुँदा बैंकहरूलाई केही सहजता भने भएको बैंकरहरू बताउँछन् ।

पछिल्लो साता ३९ अर्बले कर्जा विस्तार हुँदा निक्षेप पनि ३८ अर्बले बढेको छ । असोज ८ गते ३९ खर्ब ३ अर्ब रहेको वाणिज्य बैंकहरूको कर्जा लगानी असोज १५ गते शुक्रबार ३९ अर्बले बढेर ३९ खर्ब ४२ अर्ब पुगेको हो । यस्तै, असोज ८ मा ४१ खर्ब ८० अर्ब रहेको बैंकहरूको निक्षेप एक साता ३८ अर्बले बढेर असोज १५ गते शुक्रबार ४२ खर्ब १८ अर्ब पुगेको छ ।

चाडपर्वलाई लक्षित गर्दै तलब भत्ताका साथै अन्य बजेट निकासा हुँदा केही निक्षेप बढेपनि कर्जा विस्तार उच्च हुँदा बैंकिङ प्रणालीमा सकारात्मक संकेत भने देखिँदैन । तर, पछिल्लो १५ दिनमा बढेको कर्जाले बैंकिङ प्रणालीमा यही अवस्थामा कर्जा विस्तार हुने हो भने कार्तिबाट निक्षेपको ब्याजदर झनै बढ्ने देखिन्छ ।

असोज महिनाको १५ दिनमा मात्रै २७ वाणिज्य बैंकहरूले ७० अर्बले कर्जा विस्तार गरेका छन् । जबकि अघिल्लो दुई महिनामा १ खर्ब ५० अर्बले बढेको कर्जाको ५० प्रतिशत पछिल्लो १५ दिनमा नै बढेको हो । २०७८ असार मसान्तमा ३७ खर्ब २१ अर्ब रहेको वाणिज्य बैंकहरूको कर्जा लगानी साउन ८ मा ३७ खर्ब ६ अर्बमा झरेपछि त्यसपछि भदौ मसान्तमा आउँदा ३८ खर्ब ७२ अर्ब पुगेको थियो । तर। पछिल्लो १५४ दिनमा भने ३८ खर्ब ७२ अर्बबाट बढेर ३९ खर्ब ४२ अर्ब पुगेको छ । चालु आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरूकले मात्रै २ खर्ब ७८ अर्बले कर्जा विस्तार गरेका छन् ।

जबकि यही अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप भने १७ अर्बले मात्रै बढेको छ । असार मसान्तमा ४१ खर्ब १ अर्ब रहेको निक्षेप भदौ ४ गते ४१ खर्ब १७ अर्बसम्म झरेको थियो । त्यसपछि बढ्न थालेको निक्षेप भदौ मसान्तमा बढेर ४१ खर्ब ७१ अर्ब पुगेको हो । भदौ लागेपछिको १५ गतेसम्म भने निक्षेप ४७ अर्बले बढेर ४२ खर्ब १८ अर्ब पुगेको छ ।

भदौ १८ गतेपछि बैंकहरूले विदेशी मुद्राको निक्षेप एक बैंकबाट अर्को बैंकमा राखेर कृत्रिम निक्षेप सिर्जना गरेकोमा गत साता राष्ट्र बैंकले बैंकहरूलाई त्यस्तो कार्य नगर्न निर्देशन दिएपछि यो साता भने ४ अर्बले घटेको छ । भदौ १८ मा १ खर्ब२० अर्ब रहेको विदेशी मुद्राको निक्षेप असोज ८ मा १ खर्ब १८ अर्बसम्म पुगेको थियो । तर, राष्ट्र बैंकको निर्देशनपछि पछिल्लो साता भने विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेर १ खर्ब ५४ अर्बमा झरेको छ ।

 

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...