CG Electronics
IME Life
NIMB

बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६.५४ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै उकालो लाग्न सकेन । कूल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर रु चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार सोमबार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.९६, व्यापार ५५.९४, होटल तथा पर्यटन ५८.५४, विकास बैंक १४१.४७, जलविद्युत् ५०.०५, वित्त ५७.८४, निर्जीवन बीमा २१२.४, उत्पादन १०९.४९, अन्य १८.३१, लघुवित्त ६३.३८, जीवन बीमा ११३.२४, सामूहिक लगानी कोष ०.०३ र लगानी १.६९ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३५ करोड ४६ लाख ४० हजार ८२३ बराबरको कारोबार भयो । यस्तै, एचआइडिसिएल रु २८ करोड ६४ लाख ९२ हजार ९८३, लुम्बिनी विकास बैंक रु २३ करोड ७९ लाख ८२ हजार १०१, नबिल बैंक रु १६ करोड १५ लाख १७ हजार ७९० र ज्योति विकास बैंकको रु १३ करोड ९२ लाख ९४ हजार ९९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

कारोबारका आधारमा बोटलर्स तराई, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी ९.६१ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैंक ४.४६, माउण्टेन इनर्जी २.८४, एसबिएल डिवेञ्चर २, माछापुच्छ्रे बैंकको डिवेञ्चर र एनएमबी ५० का लगानीकर्ताले १।८४ प्रतिशतले गुमाए ।

जीडब्लूएम ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एक चार्जमा ५२० किमीसम्म गुड्ने

जीडब्लूएम ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक,...

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

काठमाडौं । नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी...

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...