CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंकले शुरू गर्‍यो डिजिटल बैंकिंगसम्बन्धी देशव्यापी अभियान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुलबजारमा करिब २५० जना सहभागीहरूको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।

स्थानीयतहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना२८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहकतथा स्थानीय वासी लाभान्वित बनाउने जनाएको छ ।

आजको समयमा डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूल धारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाका बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्‍याउनु जरुरी रहेको बैंकले जनाएको छ ।

यस्तो समाजोपयोगी कार्यक्रमको आयोजना गरेकोमा स्थानीयले बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, सञ्चालन प्रमुख अनामिका सिंह, वागमती प्रदेश प्रमुख धोज साउद, वागमती प्रदेश उप–प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ प्रबन्धक मनिन्द्रराज जोशी, ट्रान्ज्याक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल, कार्ड सञ्चालन प्रबन्धक रुपेश शर्मा, बनेपा शाखाका प्रबन्धक एकराज बर्तौला, पनौती शाखाका प्रबन्धक राजगोपाल श्रेष्ठ तथा बैंकका अन्य पदाधिकारी एवम् बनेपाका स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...