लामो समयपछि न्यादि पावरको आइपीओ नेप्सेमा सूचीकृत
Wednesday Nov 24, 2021
वि.सं.२०७८ मंसिर ८ बुधवार १७:४८
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज ९बुधबार० न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० सूचिकृत भएको छ ।
स्टकका अनुसार कम्पनीको एक करोड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । अब बिहीबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको छ ।























